महिन्द्राका स्कुटर तथा बाइक खरिद गर्दा ८ हजार छुट पाईने

  • Technology Khabar | २३ माघ २०७५, बुधबार
महिन्द्राका स्कुटर तथा बाइक खरिद गर्दा ८ हजार छुट पाईने

काठमाडौं ।

काठमाडौं । महिन्द्रा टु ह्वीलर्स अन्तर्गत अग्नि मोटो इन्कले भ्यालेन्टाइन–डेको सन्दर्भ पारेर विशेष छुटको अफर ल्याएको छ । महिन्द्राका स्कुटर तथा बाइक खरिद गर्दा ग्राहकले ८ हजार छुट प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

‘नेपाली युवायुवतीहरु माझ बढ्दै गएको भ्यालेन्टाइनको रौनकलाई थप सशक्त एवं अविस्मरणीय बनाउने उद्देश्य सहित कम्पनीले यो छुटको व्यवस्था मिलाइएको हो’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

महिन्द्राका गस्टो १२५, सेन्चुरो डिक्स ब्रेक, सेन्चुरो रक स्टार, मोजो तथा गस्टो आर एस नेपाली युवामाझ लोकप्रिय रहेको कम्पनीको दाबी छ ।

यो योजना सिमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित: २३ माघ २०७५, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार