सिटिजन्स बैंकको कोर बैंकिङ्ग र ई-बैंकिङ्ग सफ्टवेयरमा फिनाकल प्रयोग

Technology Khabar २० माघ २०७५, आईतवार

काठमाडौं ।

काठमााडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकको कोर बैंकिङ्ग सफ्टवेयरलाई फिनाकल भर्सन १०.२.१८ (Finacle Version 10.2.18) मा प्रतिस्थापन गरेको छ ।

बैंकको केन्द्रिय कार्यालयमा माघ २० गते आयोजित एक कार्यक्रमका बिच बैंकका संचालक समितिका अध्यक्ष डा. शंकर प्रसाद शर्माले बैंकको कोर बैंकिङ्ग Core Banking System सिस्टममा लग इन गरी सो फिनाकल सफ्टवेयरको सुचारु गरे ।

ग्राहकहरुलाई सहज तथा सुलभ तवरले अत्याधुनिक बैंकिङ्ग सेवा सुविधा प्रदान गर्न हाल प्रयोग गर्दै आएको पुमोरी आइभी प्लस Pumori IV Plus बाट दक्षिण एसियाकै प्रसिद्ध इन्फोसिस कम्पनीको फिनाकल कोर बैंकिङ्ग सफ्टवेयर भर्सन १०.२.१८ (Finacle Core Banking Software Version 10.2.18) मा प्रतिस्थापन गरिएको बैंकले जानकारी दिएको छ ।

विश्वको करिव ४५ वटा मुलुकमा यो अत्याधुनिक प्रविधिको प्रयोग गरिएको र नेपालका अन्य वाणिज्य बैंकहरुले पनि यो प्रविधिको प्रयोग गर्दै आएका बताईएको छ । फिनाकल सफ्टवेयर र अत्याधुनिक ईन्टरनेट बैंकिङ्गको प्रयोगबाट बैंकद्वारा प्रवाह गरिने सुविधाहरू थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा हुने विश्वास बैंकले लिएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

यसका साथै बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि POS पोस मेशिन वा अनलाइन कारोवारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिने योजना सार्वजनिक गरेको जानकारी दिएको छ ।

प्रकाशित: २० माघ २०७५, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

२० माघ २०७५, आईतवार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

२० माघ २०७५, आईतवार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

२० माघ २०७५, आईतवार