काठमाडौं ।
काठमाडौं । इलेक्ट्रीक भेहिकल निर्माता कम्पनी टेस्लाले मोडल वाई सन २०२० मा उपलब्ध गराउने भएको छ ।
यसअघि सन् २०१५ देखि नै कम्पनीका सिईओ एलन मस्कले एसयूभी इलेक्ट्रीक भेहिकल टेस्ला मोडल वाईको बारेमा बताउँदै आएका थिए । यो नयाँ गाडि सन् २०२०को अन्त्यदेखि मात्र उत्पादन शुरु हुने कम्पनीले बताएको छ ।
कम्पनीले सो मोडलको प्रोटोटाइप अझै देखाउन नै बाँकी छ भने यो वर्ष मोडल वाईको शुरुवाती वर्ष भएको आफ्ना शेयरहोल्डरलाई जानकारी दिएको छ ।
टेस्लाको मोडल वाई पनि कम्पनीको अन्य इलेक्ट्रीक भेहिकल जस्तै नेभादामा रहेको गीगाफ्याक्ट्रीमा उत्पादन गरिनेछ ।
सिईओ मस्कले मोडल वाईका लागि निकै आशावादी रहेको उल्लेख गर्दै आएका छन जून हालको मोडल ३ भन्दा धेरै संख्यामा बिक्री हुने अनुमान गरेका छन् ।
टेस्लाकाअनुसार मोडल वाईको लागत रकम पनि मोडल थ्रीको भन्दा निकै कम हुनेछ किनकी यो मोडल थ्रीको प्रोडक्सन लाइनमा नै उत्पादन गरिनेछ जसले गर्दा यसले ७५ प्रतिशत कम्पोनेन्टहरु मोडल थ्रीको नै प्रयोग गर्नेछ । यसका साथै उत्पादन पनि अझ छिटो हुने टेस्लाको प्रक्षेपण छ ।

प्रकाशित: १८ माघ २०७५, शुक्रबार