Technology Khabar १८ माघ २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । बजाज मोटरसाइकको उत्पादन पल्सर विश्वभर १ करोड भन्दा बढि बिक्री भएको छ । कम्पनीले हालै विश्वभर १ करोड भन्दा बढि प्रयोगकर्ताहरु पल्सर बाइक चढ्ने गरेको जानकारी दिएको छ ।
सन् २०१८ मा पल्सरले पावरफुल र आधुनिक पल्सर एनएस १६० टिडी र पल्सर १५० टिडी बजारमा ल्याएको थियो जसले गर्दा सो वर्ष पल्सरका लागि निकै उत्कृष्ट वर्ष रह्यो ।
यो पल्सरका लागि नेपाल र भारतमा सफलता र नेतृत्वको अविश्वासनीय यात्रा समेत रहन पुग्यो ।
अहिले नेपालमा मात्र नभएर संसारमा ३० भन्दा बढि देशका ग्राहकहरुको पल्सरप्रतिको जुनुन र लगावकै कारण यसले १० मिलियन सेल्स रेकर्ड बनाउने पहिलो ग्लोबल ब्राण्ड बन्न पुगेको कम्पनीले दाबी गरेको छ ।
आधुनिक डिजाइन र उच्च प्रदर्शन, एचएच बजाजमार्फत सहज पहुँचले गर्दा ८८ वटा (सेल्स, सर्भिस र स्पेयर) डिलरहरु र २ सय ५० भन्दा बढि सेवासहितका स्पेयर सेन्टरले गर्दा पल्सरले अन्य बाइक भन्दा बढि लोकप्रियता कमाएको बताईएको छ ।
सन २००१ मा भारतीय बजारमा प्रवेश गरेको बजाजले हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि (एचएच बजाज, बजाज मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक) को सहकार्यमा २००२ मा पल्सरको उद्घाटन गरेको थियो ।
प्रकाशित: १८ माघ २०७५, शुक्रबार