जगदम्बा इन्टरप्राइजेजको जगशक्ति गोल्ड छडको ब्राण्ड एम्बेसडरमा धुर्मुस र सुन्तली नियुक्त

Technology Khabar १८ माघ २०७५, शुक्रबार

काठमाडौं ।

काठमाडौं । जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छड बजारमा ल्याएको छ । जगदम्बाले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड छडको सद्भावना दूत (ब्राण्ड एम्बेसडर) मा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ ।

राजधानीमा बिहीबार साँझ आयोजित कार्यक्रमबीच जगदम्बा समुहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतहरु सीताराम कट्टेल र कुञ्जना घिमिरेले जगशक्ति गोल्ड टिएमटी बार सार्बजनिक गरे । जगदम्बा इन्टरप्राइजेजले धुर्मुस सुन्तलीले चितवनमा बनाउन लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जगशक्ति गोल्ड बारको प्रति मेटिक टन बिक्रीबाट २० रुपैयाँ उपलब्ध गराउने निर्देशक रुंगटाले कार्यक्रममा घोषणा गरे । उक्त सहयोग २ बर्षसम्म उत्पादन हुने जगशक्ति गोल्ड छडको बिक्रीबाट उपलब्ध गराइने छ ।

कार्यक्रममा सद्भावना दूत धुर्मुसले आफूले घोषणा गरेको रंगशाला निर्माण गर्न सबैसँग सहयोगको आग्रह गरे । उनले अत्याधुनिक प्रविधिबाट उत्पादित जगशक्ति गोल्ड छडको सद्भावना दूत बनेर राष्ट निर्माणमा जोडिन पाउँदा खुशी लागेको बताए ।

जगदम्बा इन्टरप्राइजेजले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड बजारमा आएका छडमध्ये उत्कृष्ट रहेको दावी गरेको छ । कम्पनीका प्राविधिक परामर्शदाता एस राजामनीले जगशक्ति गोल्ड फे ५०० डि टिएमटी छड परंपरागत प्रणालीबाट उत्पादित बारभन्दा उच्च गुणस्तरीय हुने बताए ।

‘यस छडमा सल्फर र फसफोरसजस्ता अशुद्ध तत्वलाइ शून्य दशमलव ०६ भन्दा कम गराइएको हुन्छ,’ उनले भने, ‘फे ५०० डी श्रेणीका टिएमटी छड साधारण श्रेणीका छडभन्दा उच्च लचिला हुन्छन् । यसलाइ उत्पादन गर्दा उच्च नियन्त्रण भएको थर्मो केमिकल ट्रिटमेन्टबाट बनाइन्छ । डि श्रेणीका छडहरू भूकम्प प्रतिराधात्मक र यान्त्रिक रूपमा पूर्ण सक्षम हुन्छन् ।’

कम्पनीका अनुसार यो छड उत्पादन गर्दा पूर्ण नियन्त्रण भएको मेकानिकल ट्रिटमेन्ट गरिएको छ । यस छडमा कार्वन, सल्फर र फस्फोरसको मात्रा कम हुन्छ । जसले गर्दा स्टिल सुरक्षित रहन्छ र भविष्यमा भूकम्पका धक्काको प्रतिराध गर्न सक्दछ । यस छडलाइ पुल, बाँध, आकाशे पुल, भवन, रेलमार्ग, जलविद्युत अयोजना जस्ता विभिन्न परियोजनाहरूमा प्रयाग गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: १८ माघ २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

१८ माघ २०७५, शुक्रबार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

१८ माघ २०७५, शुक्रबार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

१८ माघ २०७५, शुक्रबार