ह्वावेकी सीएफओ मेङ पक्राउ प्रकरणमा चीनका लागि क्यानाडेली राजदूत बर्खास्त

  • Technology Khabar | १३ माघ २०७५, आईतवार
ह्वावेकी सीएफओ मेङ पक्राउ प्रकरणमा चीनका लागि क्यानाडेली राजदूत बर्खास्त

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावेकी प्रमुख आर्थिक अधिकृत (सीएफओ) मेङ वानजाउको पक्राउ प्रकरणमा चीनका लागि क्यानाडेली राजदूतलाई सरकारले बर्खास्त गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनका लागि राजदूत रहेका जोन म्याककलमलाई शुक्रबार बर्खास्त गरेका हुन्।

ट्रुडोले विज्ञप्ति जारी गर्दै म्याककलमलाई बर्खास्त गरिएको जानकारी दिएका छन् तर स्पष्ट कारण खुलाएका छैनन्।

राजदूत म्याककलमले जनवरी २४ मा चिनियाँ मिडियाहरुसँग कुरा गर्दै मेङले अमेरिकाको सुपुर्दगीको अनुरोध विरुद्ध कडा केस अदातलमा पेश गर्नुपर्ने बताएका थिए । उनले शुक्रबार सुपुर्दगी गर्न अमेरिकाले गरेको अनुरोध खारेज गरे क्यानडाका लागि महत्वपूर्ण हुने अभिव्यक्ति नै दिएका थिए।

अर्को दिन आफ्नो भनाइले भ्रम सिर्जना गरेको भन्दै गलत बोलेको बताएका थिए ।

ह्वावेका संस्थापक रेन झेङफेईकी छोरी मेङलाई डिसेम्बर १ तारिखमा मेक्सिको जान लाग्दा क्यानडाको भ्यानकुवरबाट पक्राउ गरिएको थियो।

अमेरिकाको प्रतिबन्ध लाग्दै आएको इरानमा ह्वावेले अमेरिकी कम्पनीले उत्पादन गरेको टेलिकम्युनिकेशन सामग्री पठाएको भन्दै मेङलाई पक्राउ पुर्जी जारी गरेको थियो।

मेङलाई पक्रेको बदलामा चीनले पनि दुई क्यानडेली व्यवसायीलाई हिरासतमा लिएको छ।

चीनमा बसेर उत्तर कोरियालाई लक्षित गरी व्यापार गर्ने क्यानडेली माइकल स्पाभोरलाई आफ्नो राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको भन्दै चीनले नियन्त्रणमा लिएको हो।

त्यसैगरि बेइजिङ भ्रमणमा गएका क्यानडेली कूटनीतिज्ञ माइकल क्रोभिक पनि चिनियाँ नियन्त्रणमा छन्।

हुवावेकी उपाध्यक्ष मेङलाई कडा निगरानीका बीच हिरासतमुक्त गरिएको छ। तर उनी अझै क्यानाडेली अधिकारीहरुको निगरानीमा छिन् ।

माध्यम

प्रकाशित: १३ माघ २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार