Technology Khabar ११ माघ २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । विश्वको दोस्रो ठूलो मोबाइल अपरेटर कम्पनी भोडाफोनले ह्वावेलाई रोकेको छ । भोडाफोनले शुक्रबार ह्वावेको उपकरणहरु आफ्नो यूरोपको कोर नेटवर्कहरुमा प्रयोगका लागि हालका लागि स्थगित गरेको छ । यसको कारणमा चिनियाँ टेलिकम कम्पनी ह्वावेको वरिपरि रहेको राजनीतिक अनिश्चितता रहेको छ ।
यो ह्वावेको लागि पछिल्लो चेतावनी हो, जसले बिगत केहि दिनदेखि विभिन्न देशका सरकारहरुबाट त्यसका प्रविधिहरुमार्फत चीनले गुप्तचरी गरिरहेको आशंका गर्दै आएका छन्।
अमेरिका, अष्टे«लिया, न्यूजिल्याण्डले ह्वावेको उपकरणहरु आफ्नो ५जी नेटवर्कहरुमा प्रयोग गर्न प्रतिबन्ध लगाईसकेका छन भने जर्मनी र क्यानाडा त्यो बारेमा अध्ययनरत रहेका छन् ।
उता ह्वावेले भने आफ्ना उपकरणहरुमा कुनैपनि किसिमको सुरक्षा जोखिम नभएको भन्दै चिनियाँ सरकारसँग कुनै सम्बन्ध नरहेको बताउँदै आएको छ ।
भोडाफोनका प्रमुख कार्यकारी अधिकृत निक रिडले यूरोपमा आफ्नो कोर नेटवर्कहरुमा कम्पनीका उपकरणहरु प्रयोगका लागि हाल रोकिएको जानकारी दिएका छन् । भोडाफोनले ह्वावेको रेडियो उपकरण भने निरन्तर प्रयोग गर्नेछ ।
टेलिकम उपकरण बजारमा तीन कम्पनीहरुको वर्चस्व रहँदै आएको छ, जसमा चीनको ह्वावे, फिनल्याण्डको नोकिया र स्वीडेनको एरिक्सन छन् । ह्वावे विश्वको सबैभन्द ठूलो आपूर्तिकर्ता हो र यसको यूरोपमा बजार करिब ३५ देखि ४० प्रतिशत रहेको छ ।
भोडाफोनले ह्वावे नेटवर्क उपकरणहरुमा हुने प्रतिबन्धको बारेमा चेतावनी पनि दिएको छ ।
भोडाफोनकाअनुसार यो प्रतिबन्ध आफ्नो लागि र समग्र यूरोपियन टेलिकम्यूनिकेसन्स सेक्टरका लागि नै ठूलो विषय हुनेछ । जसले ५जी नेटवर्कको रोलआउटमा ढिलाई हुने जनाएको छ ।
प्रकाशित: ११ माघ २०७५, शुक्रबार