Technology Khabar १० माघ २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । माइक्रोसफ्टको बिंग (Bing) छिमेकी मुलुक चीनमा बन्द भएको छ । सर्च इन्जिन बिंगका प्रयोगकर्ताहरुकाअनुसार बुधवार मध्यान्हदेखि बिंग बन्द भएको गुनासो गरेका छन् ।
अमेरिकी कम्पनीले आफ्नो सर्च इन्जिन बिंग बन्द भएको सुनिश्चित गरेको छर आगामी कदम चाल्ने बारेमा सोचिरहेको बताएको छ ।
फाइनान्सियल टाइम्समा आएका रिपोर्टअनुसार चिनको सरकारी लगानी भएको टेलिकम्यूनिकेसन कम्पनी चाइना यूनिकमले सरकारले बिंगलाई ब्लक गरेको जानकारी दिएको छ।
बिंगलाई डिएनएसमार्फत बन्द गरिएको छ जून चीनमा वेबसाइटहरु ब्लग गर्ने उपायको रुपमा लिने गरिन्छ । जतिबेला यूजरले प्रतिबन्ध गरिएको डोमेन नेमको आइपी एड्रेस इन्टर गर्दछन्, फायरवालले त्यो पेज लोड हुनबाट रोकेर कनेक्सन काट्दछ ।
सो पेजमा सर्च गर्न खोज्दा यूजरलाई सो पेजको सर्भरमा पहुँच नभएको जानकारी दिईरहेको रिपोर्टमा बताईएको छ।
यो अमेरिकी कम्पनीलाई चीनमा ब्लक गरिएको दोस्रो पटक हो यसअघि चिनले स्काइप इन्टरनेट फोन कल र मेसेजिंग सर्भिसलाई एप्पल र एन्ड्रोयड एप स्टोरबाट हटाईएको थियो ।
माइक्रोसफ्टको बिंग मात्र एउटा त्यस्तो विदेशी सर्च इन्जिन हो जून चीनको ग्रेट फायरवालका साथमा चलिरहेको थियो ।
गूगल सर्च प्लेटफर्मलाई चीनमा सन् २०१० देखि नै प्रतिबन्ध लाग्दै आएको छ ।
यसैबिच साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले बुधबार मात्रै ७० लाख वटा अनलाइन सूचनाहरु र ९ हजार भन्दा बढि मोबाइल एप्स डिलिट गरिएको जानकारी दिएको छ । सो संस्थाले टेनसेन्ट नामक टेक्नोलोजी कम्पनीको समाचार एपलाई अश्लिल सूचना भनेर आलोचना गरेको छ ।
प्रकाशित: १० माघ २०७५, बिहीबार