Technology Khabar ९ माघ २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । हुण्डाईले गाडिमा यात्रारत मानिसहरुको सुरक्षाका लागि नयाँ एयरब्याग सिस्टम विकास गरेको छ । कम्पनीले सोमबार मल्टि कोलिजन एयर ब्याग सिस्टम विकास गरेको र यो व्यवसायीक प्रयोगका लागि उपलब्ध रहेको घोषणा गरेको छ ।
हुण्डाईकाअनुसार हरेक १० गाडि टक्करमध्ये ३ वटामा दोस्रो पटक टक्कर अन्य सामाग्रीहरुसँग लाग्ने संभावना हुन्छ । यहि विषयलाई ध्यानमा राखेर कम्पनीले धेरै पटक टक्कर हुँदा पनि यात्रुलाई सुरक्षा दिने एयर ब्याग सिस्टम बनाएको हो ।
यो हेर्दा सामान्य एयर ब्याग जस्तै हुनेछ, जसले कुनै पनि टक्करको समयमा घाईते हुन बाट बचाउँछ तर यो विशेष किसिमको एयर ब्यागले दोस्रो पटकको टक्करमा पनि यात्रुलाई सुरक्षा गर्दछ ।
यात्रारत मानिसको पहिलो पटकको टक्करको अवस्थालाई प्रविधिले अनुगमन गर्दछ । यसले मानिसको पोजिसनको आधारमा विभिन्न एयरब्यागहरु तैनाथ गराउँछ, जसले दोस्रो क्र्यासमा हुनसक्ने संभावित जोखिमलाई न्यून गराउँछ ।
हुण्डाई मोटर्स ग्रुपका चेसीस टेक्नोलोजी सेन्टरका प्रमुख तेसो चाईले भने, ‘मल्टि कोलिजन सिनारियोमा एयरब्यागको कार्यक्षमतामा गरिएको सुधारले हाम्रा चालकहरु र यात्रुहरुको सुरक्षामा उल्लेखनिय सुधार हुने अपेक्षा गरिएको छ ।’
अटोमेकर कम्पनीले यो प्रविधि कहिले उत्पादनको चरणमा जान्छ भन्ने जानकारी दिएको छैन, तर यो प्रविधि हुण्डाई र कियाका गाडिहरु सबैमा राखिने अनुमान गरिएको छ ।
प्रकाशित: ९ माघ २०७५, बुधबार