भेस्पा र अप्रिलियाको एक्सचेन्ज अफर शुरु, १० हजार रुपैयाँ बोनस पाईने

  • Technology Khabar | ८ माघ २०७५, मंगलवार
भेस्पा र अप्रिलियाको एक्सचेन्ज अफर शुरु, १० हजार रुपैयाँ बोनस पाईने

काठमाडौं ।

काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका लागी आधिकारिक बितरक डि. लाइफस्टाईल्सले एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।

यो एक्सचेन्ज अफर सोमबारदेखि सुरु भएर माघ ११ गतेसम्म जावलाखेलमा हरेक दिन बिहान ९ः३० बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुने कम्पनीले जानकारी दिएको छ ।

यो योजनामा ग्राहकले कुनै पनि कम्पनीको जस्तोसुकै बाइक तथा स्कुटरको न्यूनतम मूल्य २५ हजार रुपैयाँ मूल्यका साथै नगद १० हजार रुपैयाँ बोनस पाउन सक्ने बताईएको छ। ग्राहकले एक्सचेन्ज स्पटमै सहजरुपमा फाईनान्सको सेवासमेत प्राप्त गर्न सक्नेछन् ।

हरेक एक्स्चेन्जमा कम्पनीबाट ग्राहकले एसोसरिज तथा आर्कषक उपहारहरु प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत दुई जना भाग्यशाली बिजेताले बाली ट्रिप जित्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ८ माघ २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...