टाटाको सियूभी गाडि एनआरजी धनगढीमा सार्वजनिक

Technology Khabar ६ माघ २०७५, आईतवार

काठमाडौं ।

काठमाडौं। टाटा मोटर्स र नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आज प्यासेन्जर भेइकल परिवारमा सबैभन्दा नयाँ उत्पादन ‘टाटा एनआरजी’ रावत कन्सर्न प्रा लि मार्फत धनगढीमा सार्वजनिक गरेको हो ।

ग्राहकहरूको बढ्दो आकांक्षालाई ध्यान दिदैं टाटा मोटर्सले एसयुभीबाट प्रेरित सवारी साधन शुरू गरेको हो जसलाई ‘नेपालको सबैभन्दा योंगेस्ट कम्प्याक्ट युटिलिटी भेइकल’ (सीयुभी) को रूपमा राखिएको छ । यसको स्तरीय डिजाइन र प्रविधीका कारणले गर्दा, टाटा एनआरजीले पूर्ण रूपमा नयाँ कथा निर्माण गर्ने कम्पनीले जनाएको छ।

१.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ । यो तीनवटा आकर्षक रंग मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइटमा उपलब्ध हुने यो गाडिमा कालो छत र रूप रेल पनि रहेको छ ।

आइतबारबाट विक्री शुरू गरिएको टाटा एनआरजी धनगढीको शोरूममा पेट्रोल संस्करण २९.५५ लाखको शुरूवाती मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: ६ माघ २०७५, आईतवार

तपाइको प्रतिक्रिया