Technology Khabar २ माघ २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । इलेक्ट्रीक भेहिकल निर्माता कम्पनी टेस्लाले घरमा नै गाडि चार्ज गर्न सकिने चार्जिंग स्टेशन सार्वजनिक गरेको छ । कम्पनीले अमेरिकामा आधुनिक घरमा प्रयोग गर्न सकिने किसिमले डिजाइन गरिएको चार्जिंग स्टेशन सार्वजनिक गरेको हो ।
घरको भित्तामा जोडेर राख्न सकिने चार्जिंग स्टेशन कम्पनीले पहिलो पटक बनाएको हो । सो सामान्यरुपमा घरमा भएको विद्युतिय स्विचमा जोडेर राख्न सकिन्छ र यसको लागि कुनै अन्य विद्युतिय सिस्टम बनाउनु पर्दैन् ।
यो अमेरिकामा प्रयोग हुने हाई भोल्टेज जून एनईएमए १४–५० प्लसमा सिधै जोड्न सकिने किसिमको छ ।
यो होम चार्जिंग स्टेशन टेस्लाको विगतको रणनीति भन्दा बिल्कुल फरक रहेको बताईएको छ । यसलाई प्रयोगकर्ताले सजिलै आफ्नो घरको विद्युतिय प्लगमा जोड्न सकिन्छ र त्यसको लागि कुनै इलेक्ट्रीसियनको आवश्यकता पर्दैन् ।
नयाँ वाल कनेक्टरले जेन २ मोबाइल कनेक्टर भन्दा फास्ट रिचार्ज टाइम प्रदान गर्दछ । जसले टेस्ला गाडिहरुमा हुने ४० एम्पिएर प्रति सेकेण्ड प्रदान गर्दछ ।
टेस्लाको होम चार्जिंग स्टेशनको मूल्य ५०० अमेरिकी डलर तोकिएको छ र यसका साथमा २४ फुट लामो केबलका साथ उपलब्ध हुन्छ । यो सिल्भर कलरमा मात्र उपलब्ध हुनेछ ।

प्रकाशित: २ माघ २०७५, बुधबार