५५ हजार रुपैयाँ पर्ने १ टेराबाइटको एसडी कार्ड, ५०० घण्टाको भिडियो स्टोर गर्ने

Technology Khabar २६ पुष २०७५, बिहीबार

काठमाडौं ।

काठमाडौं । अधिकांश मानिसहरुले आफ्नो डाटा स्टोर गरेर एक ठाउँबाट अर्को ठाउँमा लान पोर्टेबल डाटा स्टोरेजको प्रयोग गर्ने गर्दछन् । त्यस्तै विभिन्न डिभाइसहरुमा आफूले चाहेअनुसारको माइक्रो एसडी कार्ड थप्न विभिन्न क्षमताका कार्ड प्रयोग गर्ने गर्दछन् ।

यदि तपाईँ सूपरस्लो मोसन ८के भिडियो रेकर्ड गर्न चाहनुहुन्छ वा तपाईँको कम्प्यूटरको सबै स्टोरेजलाई पकेटमा हाल्न चाहनुहुन्छ भने तपाईँ एसडी कार्ड चाहनुहुन्छ । अब त्यसको लागि १ टेराबाइटको एसडी कार्ड लेक्सरले सार्वजनिक गरेको छ ।

यसअघि टेराबाइटको एसडी कार्डहरु निकै वर्षदेखि आउने चर्चा भएपनि अहिलेसम्म आउन सकेको थिएन् । अझ सानडिस्कले टेराबाइट कार्ड ल्याउने बताईरहेपनि अहिलेसम्म ल्याउन सकेन् ।
अब भने लेक्सर ब्राण्डको मुख्य कम्पनी लंगसेले १ टेराबाइटको व्यवसायीक एसडी कार्ड अमेरिकामा चलिरहेको सीईएस २०१९मा सार्वजनिक गरेको छ । कम्पनीले यसको मूल्य ५०० अमेरिकी डलर अर्थात करिब ५५ हजार रुपैयाँ तोकेको छ ।

यो एसडीकार्डले ९५ एमबी प्रति सेकेण्डको रेटमा डाटा स्टोर गर्न सक्दछ । यो कार्ड रिड गर्नका लागि नै कम्तीमा ३ घण्टा लाग्दछ ।

यो कार्ड विशेषगरि ८के भिडियो खिच्नका लागि प्रयोग हुनसक्ने बताईएको छ भने यो डिएसएलआर, एचडी क्यामकर्डर, थ्रीडी क्यामरा लगायतमा प्रयोग गर्न सकिन्छ । जसले करिब ५०० घण्टाको भिडियो स्टोरज गर्न सक्छ ।

लेक्सरका वरिष्ठ मार्केटिंग म्यानेजर जोय लोपेजले भने, ‘उपभोक्ताको रुपमा उनीहरुले क्यामराको लागि निरन्तर अधिक स्टोरेज क्षमता माग गरिरहेका थिए । अब त्यसलाई उच्च कार्यक्षमता र १ टेराबाइट अप्सनले पुरा गरेको छ ।’

प्रकाशित: २६ पुष २०७५, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

२६ पुष २०७५, बिहीबार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

२६ पुष २०७५, बिहीबार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

२६ पुष २०७५, बिहीबार