Technology Khabar २५ पुष २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । जापानी कार निर्माता कम्पनी निसान मोटर कम्पनीले लीफ इलेक्ट्रीक कारको नयाँ भर्सन सार्वजनिक गरेको छ ।
कम्पनीका पूर्व चेयरम्यान कार्लोस गोसनको अचानक पक्राउ पछि नयाँ भर्सन सार्वजनिक गर्न ढिलाई भएकोमा हाल लस भेगामा आयोजना भईरहेको सिईएस २०१९ मा लीफ ई प्लस (Leaf e+) सार्वजनिक गरेको हो ।
यो नयाँ मोडल टेस्लाको मोडल ३ र जनरल मोटर्सको चेभ्रोलेट बोल्टसँग प्रतिस्पर्धा गर्नेछ ।
पूर्व चेयरम्यान गोसन निसानको इलेक्ट्रीक कारको मूल्य डिजाइन र तथा योजनाकार थिए, जून रेनो र मित्सुविसीसँग अलाएन्स गरिएको थियो ।
लीफ ई प्लसमा अधिक उर्जा प्रदान गर्ने ब्याट्री राखिएको छ जसले ४० प्रतिशत क्षमता बढाएको छ । यो कार एक पटकको चार्जमा ३६३ किलोमिटरसम्म गुड्नसक्छ ।
निसानको लीफ ई प्लस कारको शुरुवाती मूल्य अमेरिकी बजारमा करिब ३० हजार डलर रहेको हुने अनुमान गरिएको छ ।
निसानले लीफको पहिलो संस्करण सन् २०१० मा सार्वजनिक गरेपछि हालसम्म गाडिहरु विश्वभर ३ लाख ८० हजार भन्दा बढि बिक्री गरिसकेको छ ।
निसानले लीफ ई प्लस जापानमा यहि महिनादेखि उपलब्ध गराउनेछ भने अमेरिका र यूरोपमा सन् २०१९ को मध्यमा उपलब्ध गराउनेछ ।
प्रकाशित: २५ पुष २०७५, बुधबार