डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना सार्बजनिक

  • Technology Khabar | २४ पुष २०७५, मंगलवार
डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना सार्बजनिक

काठमाडौं ।

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको छ ।

मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामाग्रीको अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै डिशहोमले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको हो ।

डिशहोमले सो योजना अन्तरगत पर्सा जिल्लाको पोखरीया स्थित, श्री जिल्ला उचांगल रामदेव माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपी वितरण गरेको छ । उनीहरूलाई आवश्यक शैक्षिक सामाग्री सहित चिसो मौसम शितलहरबाट जोगिनका लागि न्यानो टोपि वितरण गरिएको कम्पनीले जानकारी दियो । डिशहोमका ब्राण्ड म्यानेजर मनोज न्यौपानेले डिशहोम उज्जवल भविष्य कार्यक्रम अन्तरगत शैक्षिक सामाग्री वितरण गरे।

डिशहोमले एसईई परिक्षा दिने विद्यार्थीहरुका लागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दे आइरहेको छ । यसका अलावा शिक्षामा सवैको समान पहुँच पुगोस भन्ने उद्धेश्यले विभिन्न विद्यालयहरुसंगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको कम्पनीले जनाएको छ ।

‘कम्पनीले सुरू गरेको “डिशहोम उज्वल भविष्य” कार्यक्रमले गरिब तथा जेहन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन पुग्नुका साथै मुलुकभर गुणस्तरिय शिक्षा पुर्याउन निरन्तर लागि परेको सरकारलाई पनि टेवा पुग्ने अपेक्षा कम्पनीले राखेकोडिस मिडिया नेटवर्कका महा प्रवन्धक कल्याण अधिकारीले बताए ।

प्रकाशित: २४ पुष २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार