साओमीले किन्यो टिसिएलको ६ करोड बढि शेयर, दुबै कम्पनीले रणनीतिक साझेदार गर्ने

  • Technology Khabar | २४ पुष २०७५, मंगलवार
साओमीले किन्यो टिसिएलको ६ करोड बढि शेयर, दुबै कम्पनीले रणनीतिक साझेदार गर्ने

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले अर्को चिनियाँ इलेक्ट्रोनिक्स तथा टेक कम्पनी टिसिएलमा लगानी गरेको छ । टिसिएलद्धारा जारी स्टेटमेन्टअनुसार साओमीले टिसिएलको शेयर सेनझेन स्टक एक्सचेन्जबाट उठाएको हो ।

साओमीले टिसिएल समूहको ६ करोड ५१ लाख ६८ हजार ८ सय ३ कित्ता शेयर बजारबाट खरिद गरेको हो । यो शेयर संख्या टिसिएलको कुल शेयरको शुन्य दशमलब ४८ प्रतिशत हुन आउँछ ।

यसअघि नै साओमीले टिसिएलसँग रणनीतिक सहकार्य गर्ने विषयमा सम्झौता गरेको थियो । सो सम्झौताअनुसार उच्च तहका इन्टेलिजेन्स हार्डवेयरका सामाग्रीहरु विकास गर्ने, न्यू डिभाइस टेक्नोलोजी एप्लिकेसन आविश्कार गर्ने लगायतका विषयमा काम गर्नेछन् ।

यो सहकार्यले टिसिएललाई आफ्ना डिभाइसहरु साओमीको अपरेटिंग सिस्टममा एकिकृत गर्न समेत सहयोगी हुने बताईएको छ।

‘यो टाइअपले साओमीका लागि अनेकौं सहयोग हुनेछ, जसले होम अप्लाएन्सेजमा ध्यान केन्द्रित गर्न सहयोगी हुनेछ,’ साओमीका संस्थापक तथा सीईओ लिउ जूनले वेबोमा लेखेका छन् ।

प्रकाशित: २४ पुष २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...