डोल्पाको से-फोक्सुन्डो गाउँपालिकामा मोबाइल टावर बनाईने

Technology Khabar १८ पुष २०७५, बुधबार

डोल्पाको से-फोक्सुन्डो गाउँपालिकामा मोबाइल टावर बनाईने
दोलखा जिल्लाको बेदिङ्गमा २०७४ सालमा राखिएको बिटिएस टावर ।

काठमाडौं ।

डोल्पा । विकट हिमाली जिल्ला डोल्पाको उत्तरी सीमा क्षेत्रमा पर्ने से-फोक्सुन्डो गाउँपालिकाका स्थानीयवासीको वर्षौंदेखिको मोबाइल फोनमा कुरा गर्ने सपना साकार हुने भएको छ ।

गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नं ३ साल्दाङ र वडा नं ८ मा पर्ने रिग्मो गाउँमा जीएसएम मोबाइल टावर बन्ने भएपछि स्थानीयवासीको मोबाइलमा कुराकानी गर्ने सपना साकार हुने भएको हो । टावर निर्माण भएपछि यसक्षेत्रका चार हजार जनसङ्ख्या लाभान्वित हुनेछन् ।

गाउँपालिकाका सम्पूर्ण वडालाई सेवा पुग्ने गरी टावर निर्माण गर्न लागिए पनि भौगोलिक विकटताका कारण भिजेर र पुग्मोवासीले भने सुविधा लिन नपाउने गाउँपालिकाले जनाएको छ ।

टावर निर्माणका लागि सम्पूर्ण उपकरण सेनाको हेलिकप्टरबाट ढुवानी गरिएको छ । सुर्खेतबाट हेलिकप्टरमा दुई दिन लगाएर सम्पूर्ण सामग्री उपल्लो डोल्पा ढुवानी गरिएको हो ।

‘उपल्लो डोल्पामा अहिलेसम्म पनि सञ्चारको भरपर्दो सुविधा छैन, सबैखाले सूचनाबाट वञ्चित थियौँ, करीब एक वर्षको लगातार सङ्घर्षपछि गाँउपालिकाका दुई ठाँउमा मोबाइल टावरका लागि उपकरण ढुवानी गर्न सफल भएका छौँ,’ अध्यक्ष टसी टुण्डुप गुरुङले भने ।

अत्यधिक चिसोले गर्दा पुस र माघमा सिमेन्ट लगायतको काम नहुने भएकाले चैतसम्म सेवा सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ । गाउँमा मोबाइल सेवा सञ्चालनमा ल्याउनको लागि टावर बन्ने भएपछि अध्ययनका लागि नेपालगञ्ज, काठमाडौं पुगेका बालबालिकासँग कुरा गर्न पाइने भन्दै स्थानीयवासी खुशी भएका छन् ।

टावर राख्नका लागि दुवै ठाउँमा भवन निर्माण भइसकेको बताइएको छ । मोबाइल टावर सञ्चालनमा आएपछि नेपालकै गहिरो फोक्सुण्डो ताल अवलोकन गर्न आउने पर्यटकलाई समेत सञ्चार सुविधा प्राप्त हुनेछ ।

प्रकाशित: १८ पुष २०७५, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

१८ पुष २०७५, बुधबार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

१८ पुष २०७५, बुधबार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

१८ पुष २०७५, बुधबार