स्याङयोङको मेगा एक्चेन्ज योजना, कुनै पनि गाडीसँग नयाँ एसयूभी साट्न सक्ने

  • Technology Khabar | १४ पुष २०७५, शनिबार
स्याङयोङको मेगा एक्चेन्ज योजना, कुनै पनि गाडीसँग नयाँ एसयूभी साट्न सक्ने

काठमाडौं ।

काठमाडौं । स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता आइएमएस मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा स्याङयोङ मेगा एक्चेन्ज योजना ल्याएको छ।

सो योजना अन्र्तगत ग्राहकले आफ्नो कुनै पनि गाडीसँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभी साट्न सक्ने कम्पनीले जनाएको छ। पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्दा ग्राहकले ४ लाख सम्मको छुट समेत पाउने कम्पनीको दावी छ।

एक्सचेन्ज अफरमा १ बर्षको निशुल्क बीमा, झन्झटरहित फाईनान्सको सुविधा, आर्थिक वर्ष २०७५ ७६ को रोड ट्याक्स तिर्न नपर्ने, ३ वर्षको वारेन्टी (६०,००० कि मीसम्म) समेत रहेको कम्पनीले जनाएको छ।

आइएमएस मोटर्सकाअनुसार यी बाहेक एक्स्चेन्ज अफरअन्तर्गत ५ बर्ष सम्म निःशुल्क सर्भिसिङ्ग, गाडीको अतिरिक्त सामान निःशुल्क पाइने छ ।

प्रकाशित: १४ पुष २०७५, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...