
काठमाडौं ।
काठमाडौं । इसेवा फोनपे र युनियन पे इन्टरनेशनलवीच नेपालमा क्युआर कोडमार्फत मोवाइल भुक्तानी प्रणाली सञ्चालन गर्न सम्झौता भएको छ ।
यो सम्झौतापछि युनियन पेका नेपाली तथा विदेशी ग्राहकले मोवाइलबाट क्युआर कोड प्रयोग गरी नेपालका विभिन्न मर्चेन्टलाई भुक्तानी दिन सक्नेछन्।
सम्झौतामा युनियन पे इन्टरनेशनल कम्पनी लिमिटेड (युपिआई)का प्रडक्ट डाइरेक्टर सुशान फिलिप गैडान तथा इसेवा फोनपेको प्यारेन्ट कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रालिका अध्यक्ष विश्वास ढकालले मङ्गलवार हस्ताक्षर गरे ।
क्युआर पेमेन्ट प्रविधि घर्षणरहित मोवाइल भुक्तानी प्रणाली हो। यो सेवा कार्ड पेमेन्ट तथा प्वाइन्ट अफ सेल्स जस्ता पेमेन्ट टर्मिनललाई प्रयोग गरी हुने भुक्तानी प्रणालीको विकल्पमा सस्तो समेत हुने कम्पनीले जानकारी दिएको छ।
प्रकाशित: २७ मंसिर २०७५, बिहीबार