कियाको नयाँ इलेक्ट्रीक गाडी ‘सोल’ सार्वजनिक, सिंगल चार्जमा ४८४ किलोमिटर यात्रा गर्ने

  • Technology Khabar | २० मंसिर २०७५, बिहीबार
कियाको नयाँ इलेक्ट्रीक गाडी ‘सोल’ सार्वजनिक, सिंगल चार्जमा ४८४ किलोमिटर यात्रा गर्ने

काठमाडौं ।

काठमाडौं । कियाले आफ्नो थर्ड जेनेरेशनको इलेक्ट्रीक गाडी सोल सार्वजनिक गरेको छ । अमेरिकाको लस एन्जलस मोटर शोमा कम्पनीले सोलको तेस्रो पुस्ताको इलेक्ट्रीक गाडी सार्वजनिक गरेको हो ।

नयाँ किया सोल इलेक्ट्रीक गाडीको फ्रन्ट डिजाइन अन्य कारहरुको भन्दा फरक रहेको छ । यसमा नयाँ ग्रिललेस थिम राखिएको छ भने, फुल एलइडी हेडल्याम्प र फ्रन्ट क्रस एलइडी लाइट राखिएको छ । यसलाई सन् २०२०को सुरुवातसँगै बजारमा बिक्री सुरु गर्ने कम्पनीको योजना रहेको छ ।

बक्सी शेप भएको कियाको इलेक्ट्रीक कारमा रियर टेल ल्याम्पमा फुल एलइडी लाइट दिएको छ ।

अल न्यू २०२० किया सोलमा १७ इन्चको लाइटवेट ह्वील्स छ । साथै, यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम राखिएको छ ।

यसमा कम्पनीको निरो इलेक्ट्रीकको लागि उत्पादन गरिएको मोटर प्रयोग गरिएको छ । यसमा दिइएको इलेक्ट्रीक मोटरले २०१ पीएस पावर र २९५ एनएम टर्क उत्पादन गर्छ । यो इलेक्ट्रीक गाडीले सिंगल चार्जिङमा ४८४ किलोमिटर यात्रा गर्ने कम्पनीको भनाई छ ।

प्रकाशित: २० मंसिर २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...