आइएमई डिजिटल र सिभिल बैंकबीच सम्झौता, बैंकका ग्राहकहरुलाई मोबाइल वित्तीय सेवा दिने

  • Technology Khabar | १८ मंसिर २०७५, मंगलवार
आइएमई डिजिटल र सिभिल बैंकबीच सम्झौता, बैंकका ग्राहकहरुलाई मोबाइल वित्तीय सेवा दिने

काठमाडौं ।

काठमाडौं । आइएमई डिजिटल र सिभिल बैंक बीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सोमवार सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार सिभिल बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

साथसाथै सिभिल बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: १८ मंसिर २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार