यी हुन गूगल प्ले स्टोरमा भएका एप्समध्ये सन् २०१८को उत्कृष्ट एप्स, तपाईँ पनि चलाउने कि

Technology Khabar १८ मंसिर २०७५, मंगलवार

काठमाडौं ।

काठमाडौं । सन् २०१८ को अन्तिम महिना डिसेम्बर अहिले चलिरहेको छ । यो वर्षको अन्तिममा आईपुग्दा सबैले आफ्नो उत्कृष्ट अवस्थालाई सम्झने र खराब अवस्थालाई बिर्सने गर्दछन् । यहि बेला सन् २०१८ को उत्कृष्ट एप्सको बारेमा गूगलले रिपोर्ट सार्वजनिक गरेको छ ।

एन्ड्रोयड अपरेटिंग सिस्टमको निर्माता गूगलले प्ले स्टोरमा रहेकामध्ये उत्कृष्ट एप्सलाई वेस्ट अफ २०१८ को रुपमा घोषणा गरेको छ ।

यो वर्ष प्ले स्टोरमा सबैभन्दा लोकप्रिय र राम्रो रेटिंग पाएको एपमा ड्रप्स(Drops) नामक एप रहेको छ । योएपले ५ मध्ये ४.७ रेटिंग प्ले स्टोरमा पाएको छ । ड्रप्स भाषा सिकाउने एप सिरिज हो, जसले विभिन्न ३१ वटा भाषाहरु साधारण भिजुअल र रमाईलो मिनी गेम्सको माध्यमबाट सिकाउँछ ।

मोबाइल गेम्स तफमा अहिले सबैभन्दा चर्चामा रहेको गेमिंग एप फोर्टनाइटलाई पछाडि पार्दै पछिल्लो समयमा लोकप्रिय हुँदै गरेको पबजी(PUBG) नामक मोबाइल गेमिंग एपले हात पारेको छ ।

त्यसैगरि सन् २०१८ मा पहिलो पटक गूगलले यूजर्सको भोटको आधारमा लोकप्रिय एप, गेम र मूभिको लिस्ट पनि तयार पारेको छ ।

अमेरिकीहरुले यो विधाको मोबाइल गेमिंग एपमा पबजीलाई नै छनौट गरेका छन भने एप्स र मुभि तर्फ यूट्यूब टिभी र एभेन्जर्सः इन्फिनिटी वारले क्रमशः हात पारेका छन् ।

गूगलमा टप फाइभ टिभी शो

  • दि वाकिंग डिड
  • रिभरडेल
  • दि बिग ब्यांग थ्योरी
  • दि फ्ल्याश
  • पाव प्याट्रोल

टप फाइभ इबूक्स

  • माइकल वल्फको फायर एण्ड फ्यूरी
  • स्टेफेन किंगको दि आउटसाइडर
  • बब उडवार्डको फियर
  • जोर्डन बि. पिटरसनको १२ रुल्स फर लाइफ
  • रसेल होलिजको गर्ल, वास योर फेस

टप फाइभ अडियोबुक्स

  • जोर्डन बि. पिटरसनको १२ रुल्स फर लाइफ
  • रसेल होलिजको गर्ल, वास योर फेस
  • बब उडवार्डको फियर
  • मिसेल ओबामाको बिकमिंग
  • स्टेफेन किंगको दि आउटसाइडर

प्रकाशित: १८ मंसिर २०७५, मंगलवार

तपाइको प्रतिक्रिया