दूरसंचार प्राधिकरण कार्यालयको लागि घर खोज्दै, यी हुन कार्यालय भवन खोजिएका स्थानहरु

Technology Khabar १४ मंसिर २०७५, शुक्रबार

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आफ्नो कार्यालय प्रायोजनका लागि नयाँ भवन भाडामा लिने भएको छ । प्राधिकरणले सिंहदरबारको आसपास ३ किलोमिटरभित्रका क्षेत्रमा उपयुक्त कार्यालय भवनको आवश्यकता रहेको बताएको छ ।

प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै नयाँ बानेश्वर, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, बबरमहल, अनामनगर, पुतलिसडक, कमलादी, नक्साल, भाटभटेनी, लैनचौर, लाजिम्पाट, कालिकास्थान र डिल्लीबजार आसपासका क्षेत्रहरुमा घर चाहिएको जानकारी दिएको छ ।

यसका लागि प्राधिकरणले शुक्रबारदेखि १५ दिनभित्रमा प्राधिकरणको कार्यालयमा आफुले दिन चाहेको भवनको क्षेत्रफल र कोठा संख्या र आफुले भाडामा दिन चाहेको दर रेट उल्लेख गरि सम्बन्धित घर जग्गाको सम्पूर्ण कागजात संलग्न गरी सिलवन्दी कोटेशन पेश गर्न आह्वान गरेको छ ।

प्राधिकरणले घर वा बिजनेस कम्प्लेक्स दुबैको छुट्टाछुट्टै स्पेशिफिकसन तयार पारेर घर भाडामा लिने सूचना गरेको छ ।

कार्यालय भवन भाडामा लिने सम्वन्धी सूचना

प्रकाशित: १४ मंसिर २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया