Technology Khabar १४ मंसिर २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौँ । विन्टर प्रमोशनको हिस्सास्वरूप ह्वावेले आफ्नो तीनवटा सबैभन्दा चर्चित बजेट स्मार्टफोनहरू वाई फाइभ लाइट, नोभा टु लाइट तथा वाई नाइन २०१९ को मूल्य घटाएको छ । क्यामरा सेटअप, आकर्षक र बेग्लै डिजाइन र समग्र परमर्फमेन्सका लागि सुपरिचित यी स्मार्टफोनहरूले प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाइसकेको छ ।
यी तीनवटै स्मार्टफोनहरू वास्तविक मूल्यभन्दा झण्डै २ हजार रूपैयाँ कममा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
ह्वावेले आफ्ना ग्राहकहरूप्रतिको जिम्मेवारी पूरा गर्दै कम्पनीलाई थप उचाइँमा पुर्याउन यो एक्सक्लुसिभ अफर ल्याएको जनाएको छ ।
यस्तो छ मूल्य
वाई फाइभ लाइट (Y5 Lite)
पुरानो मूल्य रु. १३,९०० नयाँ मूल्य रु. ११, ९९०
नोभा टु लाइट (Nova 2 Lite)
पुरानो मूल्य रु. २३,९०० नयाँ मूल्य रु. २१, ९९०
वाई नाइन २०१९ (Y9 2019)
पुरानो मूल्य रु. ३४, ९०० नयाँ मूल्य रु. ३१, ४९०
प्रकाशित: १४ मंसिर २०७५, शुक्रबार