नबिल बैंकको ‘नबिल भिसाकार्ड क्यास ब्याक’ योजना, १० प्रतिशत नगद नै फिर्ता पाउने

Technology Khabar १४ मंसिर २०७५, शुक्रबार

काठमाडौं ।

काठमाडौं । नबिल बैंकले आफ्ना भिसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरेर ‘नबिल भिसाकार्ड क्यास ब्याक’ नामक भिसाकार्ड प्रवर्द्धनात्मक नगद फिर्ता योजना शुरु गरेको छ । योजनामा नबिल भिसाकार्ड वाहक ग्राहकहरुले १० प्रतिशत नगद नै फिर्ता पाउने बैंकले जानकारी दिएको छ ।

१० प्रतिशत नगद फिर्ता योजनामा कुनै पनि नबिल बैंक भिसाकार्ड वाहक डेविट, क्रेडिटर प्रिपेड ग्राहकहरुले नेपालभित्रका पिओएसबाट प्रत्येक पटक सफल कारोबारको १० प्रतिशत वा अधिकतम रु ५०० नगद नै फिर्ता पाउने बैंकले जनाएको छ ।

‘यस योजनाले हाम्रा भिसाकार्डवाहक ग्राहकहरुलाई कार्ड मार्फत भुक्तानी गर्ने अभ्यासलाई प्रोत्साहन गर्ने तथा नगद रहित कारोबारलाई बढावा दिनुका साथै उहांहरुलाई पिओएस तथा इ-कमर्सको लागि कार्डको प्रयोग बढी भन्दा बढी गर्न र विद्युतिय कारोवारलाई सजिलो सँग प्रयोग गर्नको लागि प्रोत्साहन गर्नेछ’, नबिल बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ।

सो योजना १४ मंसिरदेखि पुष १६ गतेसम्म लागू हुने बैंकले जानकारी दिएको छ ।

प्रकाशित: १४ मंसिर २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया