Technology Khabar १४ मंसिर २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । ओपोले आगामी सन् २०१९ मा आयोजना हुने मोबाइल वल्र्ड कंग्रेसमा फोल्डेबल स्मार्टफोन प्रदर्शन गर्ने भएको छ ।
कम्पनीले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन मोबाइल वल्र्ड कंग्रेसमा ल्याउने छ । त्यसैगरि ओप्पोको पहिलो ५जी स्मार्टफोन सन् २०२० मा आउने बताईएको छ । यो जानकारी ओपोका प्रडक्ट म्यानेजर चूक वांगले सेन्झेन हेडक्वाटरमा पत्रकारहरुसँग कुरा गर्दै जानकारी दिएका हुन् ।
मोबाइल वल्र्ड कंग्रेस सन् २०१९ को फेब्रुअरीमा आयोजना हुँदैछ ।
सन् २०१९ मा विश्व बजारमा फोल्डेबल स्मार्टफोनले सबैको ध्यान आकर्षित गर्ने अनुमान गरिएको छ । यसअघि नै सामसंग, ह्वावे, एलजी, शाओमी लगायतका कम्पनीहरुले फोल्डेबल फोन बनाउन तयारी गरिसकेको विभिन्न रिपोर्टहरु आईसकेका छन् ।
प्रकाशित: १४ मंसिर २०७५, शुक्रबार