Technology Khabar १३ मंसिर २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । सिलिकन भ्यालीका अनुसन्धानकर्ताहरुले अब विश्वभरबाट लामखुट्टेलाई निर्मुल पार्ने योजनामा लागेका छन् । अमेरिकन टेक कम्पनी गूगलको प्यारेन्ट कम्पनी अल्फाबेटले विश्वभरबाट लामखुट्टेबाट उत्पन्न हुने विभिन्न रोगहरु निर्मुल पार्ने भएका हुन् ।
कम्पनीको यूनिट भेरिली लाइफ साइन्सेजले ल्याबमा नयाँ लामखुट्टेहरु उत्पादन गर्दैछ, जसले अन्य लामखुट्टेसँग संसर्ग गर्नेछ र त्यसबाट अन्य लार्भाहरु उत्पादन रोक्न सकिनेछ ।
ब्लूमबर्गको रिपोर्टअनुसार कम्पनीले उच्च स्तरको अल्ट्रा हाई टेक मस्किटो रियरिंग सिस्टममा लामखुट्टेहरु उत्पादन गर्नेछ, जहाँ वल्बाचिया भन्ने सामान्य ब्याक्टेरिया प्रयोग गरिएको छ । ल्याबमा उत्पादन गरिएका ती ८० हजार वल्बाचिया प्रभावित भाले लामखुट्टेहरुले अन्य पोथी लामखुट्टेहरुसँग खुला स्थानमा संसर्ग गर्नेछन र त्यसले अन्य लामखुट्टे उत्पादन बन्द गराउनेछन् ।
लामखुट्टेबाट उत्पन्न हुने रोगहरु निर्मुल पार्न अल्फाबेट संवेदनशिल भएको लागेको छ, जून अन्य लाइफ साइन्स कम्पनीहरु जस्तै हो ।
कम्पनीले जिवन स्वास्थ्यका लागि स्मार्ट कन्ट्याक्ट लेन्स, स्वास्थ्यका लागि आर्टिफिसियल इन्टेलिजेन्स एप्लिकेसन लगायतका कयौं कार्यहरुमा लगानी गरिरहेको छ ।
यदि कम्पनीले लामखुट्टेबाट हुने रोगहरु नियन्त्रण गर्न र लामखुट्टेको संख्या रोक्न सफल भएमा कम्पनीले निकै फाइदा हुने संभावना देखेको छ । कयौं सरकारहरु र व्यवसायीक कम्पनीहरुले लामखुट्टेबाट हुने समस्यालाई रोक्न अल्फाबेटलाई भुक्तानी गर्न सक्ने संभावना रहन्छ ।
विश्वभर लामखुट्टेबाट हुने डेंगु ज्वरो, चिकनगुनिया जस्ता रोगहरुबाट विश्वभर दशौं हजार मानिसहरुको मृत्यु हुने गरेको छ ।जसलाई यस्ता ल्याबमा उत्पादित लामखुट्टेको प्रयोगबाट कमी ल्याउन सकिने अनुमान गरिएको छ ।
भेरिलीको हेडक्वाटर जहाँ लामखुट्टे उत्पादन गर्ने फ्याक्ट्री रहेको छ । त्यहाँ अटोमिटेक प्रणाली अपनाईएको छ । एकपटक अण्डा बनेपछि रोबोटले स्वचालितरुपमा लामखुट्टे उत्पादनको अनुमगन गर्दछ । त्यसलाई प्याकेजिंग गर्ने काम पनि गर्दछ । लामखुट्टेहरुलाई डिजिटल आइडेन्टिफायर लिईएको छ जसले अण्डा पार्नेदेखि तिनिहरुलाई कुन खुला स्थानमा छोड्नेसम्मका कामको लागि जिपिएस प्रयोग गरिएको छ ।
कम्पनीले यी लामखुट्टेहरु ल्याबमा दैनिक उत्पादन गर्न र त्यसलाई खुला स्थानमा छोड्नका लागि कति लागत लाग्छ भन्ने जानकारी भने दिएको छैन् ।
प्रकाशित: १३ मंसिर २०७५, बिहीबार