Technology Khabar १२ मंसिर २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । सामसंगको फ्ल्यागशिप फोन ग्यालेक्सी एस १० (Galaxy S10) को बारेमा विभिन्न रिपोर्टहरु आईरहेका छन् । पछिल्लो दिनहरुमा यो फोन निकै शक्तिशाली फोनको रुपमा आउने चर्चा चलिरहँदा कम्पनीले यसलाई पहिलो फाइभजी स्मार्टफोनको रुपमा ल्याउने जानकारी आएको छ ।
सामसंगको नयाँ फोनमा पछिल्लो पुस्ताको डिस्प्ले प्रविधि हुनेछ भने यसमा १२ जीबीको र्याम हुनसक्ने रिपोर्ट आएको छ । त्यसैगरि फोनमा १ टेराबाइट क्षमताको स्टोरेज समेत हुने बताईएको छ ।
सामसंग ग्यालेक्सी एस १० मा ६.७ इन्चको स्क्रीनका साथै क्वाड क्यामरा राखिने छ ।
यसअघि आएका रिपोर्टहरुमा एस १० मा ५१२ जीबीको आन्तरिक स्टोरेज हुने चर्चा रहेको थियो तर अहिले भने १ टिबीको स्टोरेज हुने बताईएको छ । यो इनबिल्ट स्टोरेज हुनेछ वा माइक्रोएसडी कार्डका साथमा जोडेर भन्ने स्पष्ट छैन् ।
त्यस्तै ग्यालेक्सी एस १०मा आउने भनिएको १२ जीबी र्याम पनि अर्को विषेशता हुनेछ । किनकी अहिलेसम्म १२ जीबी र्यामसहितको फोन बजारमा आएको छैन् । त्यस्तै केहि कम्पनीहरुले १० जीबी र्यामसहितको फोन घोषणा गरेपनि बजारमा अझै उपलब्ध छैन् ।
यो स्मार्टफोन सेरामिक ब्ल्याक कलर अप्सनमा आउने अपेक्षा छ भने फोटोका लागि चारवटा रियर क्यामरा हुनसक्नेछ । त्यस्तै सेल्फीका लागि ड्यूल क्यामरासहित कुल ६ वटा क्यामरा हुने अपेक्षा गरिएको छ ।
सामसंगको ग्यालेक्सी एस १० को बारेमा निकै रिपोर्टहरु आईसकेपछि यस्तो डिजाइन र स्पेकमा नै आउँछ भन्ने अझै स्पष्ट भईरकेको छैन् । यो स्मार्टफोन कम्पनीले आगामी वर्ष मोबाइल वल्र्ड कंग्रेसमा देखाउने अपेक्षा गरिएको छ ।
प्रकाशित: १२ मंसिर २०७५, बुधबार