Technology Khabar ११ मंसिर २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ग्यालेक्सी ए सेभेनको सफल प्रि बुकिङ्गपछि हालै बहुप्रतिक्षित नीलो रंगमा ग्यालेक्सी ए सेभेन (Galaxy A7) नेपाली बजारमा प्रस्तुत गरेको छ ।
यसको आकर्षक डिजाइन, शक्तिशाली ट्रिपल आकर्षक नयाँ रङ्ग र विशेष कार्यक्षमता यसमा विद्यमान छन् ।
ग्यालेक्सी ए सेभेन उपभोक्ताहरुको अन्तरदृष्टिको आधारमा तयार पारिएको छ, यस हिसावले नेपालका अधिकांश युवायुवतीहरुले स्मार्ट फोनमा भएको फ्रन्ट क्यामराको उपयोग दैनिक गर्ने गर्दछन् । फ्रन्ट क्यामराको तुलनामा रियर क्यामराको प्रयोग भने दुई गुणा बढी गर्ने गरेको पाइन्छ ।
नयाँ ग्यालेक्सी ए सेभेनमा तीन वटा क्यामरा विद्यमान रहेका छन्, एक अतिरिक्त ८ मेगापिक्सल १२० डिग्री अल्ट्रा वाइड लेन्स रहेको छ । यसले मानिसको आँखाबाट जस्तो देखिन्छ त्यस्तै गरी तस्वीर खिच्न सक्दछ ।
२४ मेगापिक्सल प्राइमरी तथा सेल्फी क्यामरामा भएको नयाँ प्रविधि– जसले कम उज्यालोको अवस्थामा खिचिएको तस्वीरको पहिचान गरी चार पिक्सललाई जोडी “सुपर पिक्सल” मा जोडी सफा तस्वीर प्रदान गर्दछ । २४ मेगापिक्सल प्राइमरी क्यामराको साथ ५ मेगापिक्सल डेप्थ लेन्स, लाइभ फोकस सुविधाले डेप्थ अफ फिल्डको कन्ट्रोल गर्दछ, जसबाट प्रयोगकर्तालाई फोटो खिच्नुभन्दा अगाडि वा फोटो खिच्दै गर्दा इन्डेप्थलाई मिलाउन सकिन्छ ।
ग्यालेक्सी ए सेभेन कार्यक्षमता भएको अत्यन्त आकर्षक डिजनाइनयुक्त रहेको छ । यो उपभोक्ताहरुको आवश्यकता एवं चाहनालाई मध्यनजर गरी विकसित गरिएको छ । नेपालमा स्मार्ट फोन प्रयोगकर्ताहरु मध्ये करिव आधा जनसंख्याले स्मार्ट फोनमा भएको फ्रन्ट क्यामराको उपयोग गर्दछन् । यो नयाँ ट्रीपल क्यामरा युक्त ग्यालेक्सी ए सेभेनमा अतिरिक्त ८ मेगापिक्सेलको १२० डिग्री अल्ट्रा वाइड लेन्स विद्यमान छ जसले गर्दा मानव आँखाले जस्तो देख्दछ त्यस्तै गरी क्यामराले कार्य गर्दछ ।
त्यसैगरी २४ मेगा पिक्सलको प्राइमरी एवं सेल्फी क्यामरामा पनि नयाँ प्रविधि समायोजन गरिएको छ– पिक्सेल बाइनिंगले कम उज्यालोको आवश्यालाई सहजै पहिचान गर्दछ र एकमा चार पिक्सल समायोजन गरी अध्यारोमा खिचिएको फोटोमा “सुपर पिक्सल” द्वारा सफा र चुस्त फोटो प्रदान गर्दछ ।
२४ मेगा पिक्सलको क्यामरामा ५ मेगा पिक्सलको डेप्थ लेन्स पावर लाइभ फोकस depth lens powers Live Focus सुविधा रहेको छ जसले गर्दा फोटो खिचिसकेपछि पनि डेप्थ अफ फिल्ड मिलाउन मिल्ने सुविधा प्रदान गर्दछ ।
तिनवटा क्यामरा लेन्सयुक्त ग्यालेक्सी ए सेभेन
वर्षेनी ४० प्रतिशत प्रयोगकर्ताहरुले आफूले लिएको फोटोलाई विभिन्न सामाजिक प्लेटफर्ममा सम्पादन गर्ने गरेको पाइन्छ । फोटो सम्पादनका लागि ग्यालेक्सी ए सेभेनमा विभिन्न विशेषतायुक्त सुविधाहरु रहेका छन् । ग्यालेक्सी ए सेभेनमा सिन अप्टिमाइजर जस्तो सुविधा पनि रहेको छ । यसले विभिन्न १९ वटा जस्तै खाना, फूल, सूर्यास्ता जस्ता अवस्थाहरुलाई स्वतः पहिचान गर्न सक्दछ ।
२४ मेगा पिक्सलको सेल्फी क्यामरामा भएको प्रो लाइटिंग सुविधाले मल्टिपल लाइटनिंग सेटिंगको माध्यमबाट आफूले खिचेको फोटोलाई स्टुडियोमा खिचेको व्यावसायिक फोटो जस्तै बनाउन सकिन्छ ।
यसमा भएको ३ वटा क्यामराले अल्ट्रा वाइड फोटा खिच्न सकिन्छ भने यसमा भएको इन्टेलिजेन्ट विशेषताले उत्कृष्ट फोटोको सुनिश्चितता प्रदान गर्दछ ।
फूलएचडी प्लसको साथ सूपर एमालेड इन्फिनिटी डिस्प्ले एवं वाइडभाइन एल वान Widevine L1 को प्रमाणीकरणले जीवन्त दृश्यको अनुभव प्रदान गर्दछ । फोनको साइडमा राखिएको फिङ्गर सेन्सरले ग्यालेक्सी ए सेभेनको डिजाइनलाई अझ परिस्कृत तुल्याएकोछ । हामीलाई विश्वास छ यो सेटले यो महोत्सवको मौसममा नेपाली प्रयोगकर्ताहरुलाई थप उमंग भर्नेछ,” आइएमई बिजका प्रमुख प्रणय रत्न स्थापितले भने ।
६.० इन्चको फूलएचडी प्लसको साथ सूपर एमालेड इन्फिनिटी डिस्प्ले रहेको यो फोनमा लोकप्रिय स्टिमिङ्ग एपहरुका एच डि सामग्रीहरु सहज रुपमा हेर्ने क्षमता प्रदान गर्दछ । वास्तविक अडियो भिजुअलको लागि अटोमस Atmos® प्रविधि समायोजनले एचडी सामग्रीहरुलई थप जीवन्तता प्रदान गरेको छ ।
ग्यालेक्सी ए सेभेनमा एक्सनोज ७८८५ २.२ गीगाहर्ज अक्टाकोर प्रोसेसर Exynos 7885 2.2GHz Octa Core processor रहेको छ । यो सेट फोरजीबी र्याम र ६४ जीबी स्टोरेजका साथमा उपलब्ध रहेको छ । यसमा मेमोरिकार्ड प्रयोग गरी ५१२ जीबीसम्म स्टोरेज बढाउन सकिने छ ।
सामसङको उद्योगमा पहिलो पटक इन्स्टल एप्स टू मेमोरी कार्ड ‘Install Apps to Memory Card’ भन्ने सुविधा यसमा रहेको छ । एन्ड्रोइड ओरियामा आधारित यो सेटमा ३,३०० एमएएचको व्याट्रि राखिएको छ ।
अफर, मूल्य एवं उपलब्धता
ग्यालेक्सी ए सेभेनको नेपाली मूल्य ४२ हजार ९सय ९० रुपैयाँ तोकिएको छ । ग्यालेक्सी ए सेभेन नीलो र कालो गरी दुई आकर्षक रंगमा उपलब्ध रहेको छ ।
ग्राहकहरुकोे लागि ग्यालेक्सी ए सेभेन मा ६००० एमबी डाटा बन्डलिङ्ग पनि प्रदान गरिएको छ । यसबाट ग्राहकहरुले प्रतिहप्ता ५०० एम बि का दरले १२ हप्ता सम्म एनसेलको डाटा प्याक पनि निःशुल्क प्राप्त गर्न सक्नेछन् । साथै शिखर इन्स्युरेन्ससँगको सहकार्यमा ६ महिनासम्म ब्रेकेज इन्सुरेन्स पनि प्रदान गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित: ११ मंसिर २०७५, मंगलवार