ओपोले एथ्रीएसको मूल्य नेपाली बजारमा घटायो, अब २४ हजार ५९० रुपैयाँमा नै किन्न पाईने

  • Technology Khabar | ५ मंसिर २०७५, बुधबार

काठमाडौं ।

काठमाडौं । ओपोले आफ्नो स्मार्टफोन, एथ्रीएस (थ्री जीबी र्याम) को मूल्यमा १ हजार ९ सय रुपैयाँको कटौती गरेको छ ।

यसै बर्षको मध्य सेप्टेम्बरमा बजार मूल्य २६ हजार ४ सय९० रुपैयाँमा सार्वजनिक गरिएको उक्त फोन अब उपरान्त बजारमा २४ हजार ५ सय ९० रुपैयाँमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

सुपर फुलस्क्रिन सहित सार्वजनिक गरिएको एथ्रीएस, ए सिरिज अन्तर्गतकै पहिलो डिभाइस हो । कम्पनीले १६ नोभेम्बरदेखि नै एथ्रीएसका लागि नयाँ मूल्य लागू गरिसकेको छ ।

यो डुअल रियर क्यामेरा सहित सार्वजनिक ओपोको पहिलो स्मार्टफोन हो । फोनको १३ एमपी क्यामेरामा एफ/२.२ एपर्चर तथा २ एमपी क्यामेरामा एफ/२.४एपर्चर (सेन्सर एलईडी फ्ल्याश सहित) र सेल्फी तथा भिडियो च्याटका लागि एआई ब्यूटी प्रविधि तथा एफ/२.२ एपर्चर सहितको ८ एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।

३ जीबी र्याम र ३२ जीबी आन्तरिक स्टोरेज क्षमता, क्वालकम स्न्यापड्रागन ४५० अक्टाकोर प्रोशेसर र ४२३० एमएएच ब्याट्री राखिएको कम्पनीले जनाएको छ ।

प्रकाशित: ५ मंसिर २०७५, बुधबार

तपाइको प्रतिक्रिया