
काठमाडौं ।
काठमाडौं । फास्टट्रयाक कम्पनीले आफ्नो वियरेबल रेन्जलाई बिस्तारै अगाडि बढाउँदै नयाँ डिभाइसहरु लन्च गरेको छ । कम्पनीले नयाँ स्मार्टब्याण्ड ‘रिफ्लेक्स वेब’ लन्च गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको यो स्मार्टब्याण्ड विश्वको सबैभन्दा पातलो स्मार्टब्याण्डको रुपमा लन्च गरेको छ । यसमा हातलाई घुमाउने, म्यूजिक बदल्ने, पिक्चर क्लिक गर्ने, कल रिजेक्ट गर्ने, नोटिफिकेशनलाई स्क्रोल गर्ने र प्रेजेन्टेशन हेर्नेलगायतका जेश्चरहरु राखिएका छन् ।
रिफ्लेक्सको यो नयाँ ब्याण्डमा एक्टिभिटी ट्रयाकर पनि छ जसले २४ घण्टाको एक्टिभ स्लिपिंग ट्रयाकिंगलाई सपोर्ट गर्दछ । यूजर्सले यो समयमा क्यालेण्डर अलर्ट र रिमाइण्डर पनि सेट गर्न सक्नेछन् ।
फास्टट्रयाक रिफ्लेक्स वेबमा ९ एमएम र ओएलईडी डिस्प्लेका साथमा आउँछ । यो ब्याण्ड वाटर रेसिस्टेन्ट पनि छ । यो ब्याण्ड प्रयोगकर्ताले एन्ड्रोयड फोनमा कल रिजेक्ट पनि गर्न सक्छन् । स्मार्ट ब्याण्डमा कति पावरको ब्याट्री ब्याकअप छ भन्ने जानकारी छैन् ।
फास्टट्रयाक रिफ्लेक्स वेबको मूल्य न्यूनतम ३,५०० भारुदेखि ६,००० रुपैयाँसम्मको रेन्जमा आउँछ भने यो स्मार्टब्याण्ड चारकोल ब्ल्याक कलरमा उपलब्ध छ ।
प्रकाशित: ३ मंसिर २०७५, सोमबार