Technology Khabar ३० कार्तिक २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । नेपाली बजारमा नयाँ आइफोन लाख रुपैयाँ भन्दा अधिक मूल्य तिरेर ग्राहकहरुले किन्नुपर्ने भएको छ ।
बजारमा बजेट आइफोन भनेर चिनिएको आइफोन एक्स आरको सबैभन्दा सस्तो मूल्य नै एक लाख रुपैयाँ भन्दा बढि तोकिएको छ । अन्य भेरिएन्ट र मोडलहरुमध्ये सबैभन्दा महंगो भेरिएन्टको मूल्य २ लाख रुपैयाँ भन्दा बढि रहेको छ ।
एप्पलका आइफोनहरु नेपाली बजारमा उपलब्ध भएका छन् । एप्पलले यहि सेप्टेम्बरमा विश्व बजारमा सार्वजनिक गरेको तीन वटै मोडलका नयाँ आइफोनहरु नेपाली बजारमा आएका हुन् ।
नेपाली बजारमा एप्पलका आइफोनहरु आधिकारीकरुपमा जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्सले भित्र्याउने गरेको छ भने विभिन्न रिटेल स्टोरहरुले बिक्री गर्दै आएका छन् । नेपाली बजारमा आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स र बजेट आइफोन भनेर चिनिने आइफोन एक्स आर उपलब्ध भएका हुन् ।
नेपाली बजारमा मंसिरमा मात्र उपलब्ध भएको घोषणा गरिने तयारी कम्पनीले गरेपछि रिटेल कम्पनीहरुको स्टोरमा भने सो फोन उपलब्ध भईसकेको छ ।
नेपालमा आइफोन बिक्री गर्ने रिटेलर मध्येको एक ओलिज स्टोरले आफ्नो स्टोरमा नयाँ आइफोन लिस्टेड गरेको छ जहाँ तीन वटै मोडलहरु उपलब्ध छन् । ओलिज स्टोरकाअनुसार एप्पल आइफोन एक्स एस म्याक्सको ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरिएन्ट उपलब्ध छन् ।
त्यस्तै आइफोन एक्स एसको पनि ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज भेरिएन्ट बिक्रीका लागि राखिएको छ ।
बजेट आइफोन भनेर चिनिने आइफोन एक्स आर पनि नेपाली बजारमा उपलब्ध भएको छ । सो फोनको ६४ जीबी, १२८ जीबी र २५६ जीबी लिस्टेड भएका छन् ।
कति छ नेपाली बजारमा आइफोनको मूल्य
आइफोन एक्स एस म्याक्स
आइफोन एक्स एस म्याक्स नेपाली बजारमा सिल्भर, गोल्ड, स्पेस ग्रे कलर अप्सनमा उपलब्ध हुनेछ ।
आइफोन एक्स एस
आइफोन एक्स एस नेपाली बजारमा गोल्ड, सिल्भर, स्पेस ग्रे कलर अप्सनमा उपलब्ध रहेको छ ।
आइफोन एक्स आर
आइफोन एक्स आर भने कम्पनीले सार्वजनिक गरेको ६ वटै कलर अप्सनमा उपलब्ध रहेको छ ।
यी तीन वटै आइफोनहरु नेपाली बजारमा औपचारिकरुपमा भने नोभेम्बर २३ तारिखदेखि उपलब्ध भएको घोषणा गरिने छ ।
यो पनि हेर्नुस् –
आइफोनको तीन वटै मोडल नेपाली बजारमा आउँदै, सस्तो आइफोन एक्सआर पनि किन्न पाईने
प्रकाशित: ३० कार्तिक २०७५, शुक्रबार