Technology Khabar २८ कार्तिक २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । पछिल्ला दिनहरुमा विभिन्न टेक तथा अटो कम्पनीहरुले स्वचालित गाडिको परिक्षण गरिरहेका छन् । यस्ता गाडिहरु अटोमेटिक गाडिहरु जसलाई सेल्फ ड्राइभिंग कारको रुपमा जानिन्छ त्यसले आगामी दिनहरुमा समाजलाई कसरी परिवर्तन गर्दछ भन्ने एउटा नयाँ अध्ययन रिपोर्ट सार्वजनिक भएकोछ ।
अध्ययन रिपोर्टमा यो नयाँ प्रविधिको कारण समाजमा पर्ने सकारात्मक प्रभाव र दुष्प्रभावहरुको बारेमा उल्लेख गरिएको छ । जसमा यो पनि भनिएको छ की यो टेक्नोलोजी केवल शहरी पर्यटन उद्योगमा मात्र प्रभाव पार्ने नभई यसले आगामी दिनमा सबै किसिमको उद्योगमा प्रभाव पार्ने छ ।
अध्ययन रिपोर्टअनुसार सेल्फ ड्राइभिंग टेक्नोलोजीले पर्यटन क्षेत्रलाई भने पूर्णरुपमा परिवर्तन गरिदिने छ । किनकी यसमा यात्रुहरु आरामले सुत्न सक्ने छन भने उनीहरु ड्राइभरले आफूलाई कहाँ लैजाँदै छ भन्ने विषयमा पनि लापरबाह हुनेछन् । यस्तो कार चालकरहित हुने हुँदा उनीहरुलाई चालकको व्यवहारदेखि कुनै समस्या नआउने हुन्छ ।
अध्ययनले यो टेक्नोलोजीका कारण समाजमा पर्ने केहि नकारात्मक असरहरुमा पनि उल्लेख गरेको छ । अध्ययनकाअनुसार सेल्फ ड्राइभिंग कारको भित्र यौन क्रियाकलापको घट्नामा वृद्धि हुनेछ र यसले यौन व्यवसायलाई पनि तिब्ररुपमा बढाउन सहयोग गर्न सक्नेछ । यसको कारण कयौं क्षेत्रहरुमा रेड लाइट एरिया तिब्ररुपमा बढ्न सक्नेछन् ।
अटोनोमस भेहिकल एण्ड दि फ्यूचर अफ अर्वान टुरिज्मको एक अध्ययन अनुसार सेल्फ ड्राइभिंग एक किसिमको गतिशिल प्राइभेट रुमको जस्तो हुनेछ जसले होटल र रेष्टुरेन्टको व्यापारमा असर पार्नेछ । त्यस्तै सेल्फ ड्राइभिंगमा मानव चालक नहुने हुँदा त्यसभित्र लागूपदार्थको प्रयोगसहित यौन क्रियाकलाप (सेक्स) को घट्नामा पनि वृद्धि हुनेछ । जसले गर्दा अमेरिकी वा यूरोपेली मुलुकहरुमा हुने होटल्स-वाई-दि-आवरको कन्सेप्टलाई नै परिवर्तन गरिदिनसक्नेछ ।
एक रिपोर्टअनुसार लगभग ६० प्रतिशत अमेरिकनहरुले कारमा नै सेक्स गरिसकेका छन् ।
त्यसैगरि सेल्फ ड्राइभिंग कार प्रविधिका कारण अधिक मानिसहरुले रक्सी खाने र घरबाहिर रेष्टुरेन्ट वा पवहरुमा अत्यधिक मदिरा सेवन गर्नसक्ने समेत उल्लेख छ । आफैंले कार चलाउन नपर्ने हुँदा उनीहरु दिनभरी काम गर्ने र रातभरी सेल्फ ड्राइभिंग कारमा नै सुत्नसक्ने घट्नाहरुमा समेत वृद्धि हुने आशंका गरिएको छ ।
यो रिपोर्टमा सहभागी रहेका अनुसन्धानकर्ता स्कट कोहेनकाअनुसार सेल्फ ड्राइभिंग कारको मालिक यसमा खाना खावोस, सुतोस वा सेक्स गरोस यो महत्वपूर्ण होईन्, तर महत्वपूर्ण प्रश्न भनेको यो कहिले हुनेवाला छ भन्ने हो । सो अध्ययनमा यो प्रश्नको पनि उत्तर दिईएको छ ।
अध्ययनअनुसार यो सेल्फ ड्राइभिंग टेक्नोलोजी सन् २०४० सम्म हाम्रो वरिपरि पुर्णरुपमा फैलिसकेको हुनेछ ।
प्रकाशित: २८ कार्तिक २०७५, बुधबार