भारतीय ईकमर्श कम्पनी फ्लिपकार्टका सिईओ बिन्नी बंसलद्धारा राजीनामा, यस्तो छ राजीनामाको कारण

  • Technology Khabar | २७ कार्तिक २०७५, मंगलवार
भारतीय ईकमर्श कम्पनी फ्लिपकार्टका सिईओ बिन्नी बंसलद्धारा राजीनामा, यस्तो छ राजीनामाको कारण

काठमाडौं ।

काठमाडौँ । भारतको सबैभन्द ठूलो अनलाइन रिटेलर कम्पनी फ्लिपकार्टका ग्रुप सिईओ बिन्नी बंसलले आफ्नो पदबाट राजीनामा दिएका छन् । बंसलले कम्पनीमा गलत व्यवहार गरेको आरोप लगाएपछि उनले मंगलबार राजीनामा दिएका हुन् ।

फ्लिपकार्टले आधिकारिक विज्ञप्तिमार्फत उनको राजीनामा बारे जानकारी दिएको थियो । कम्पनीको प्रमुख लगानीकर्ता वालमार्टले बंसलले सो आरोपबारे अस्विकार गरेर खण्डन गरेको उल्लेख गरेको छ ।

कम्पनीको अनुसन्धानमा बिन्नीको विरुद्धको आरोपहरु बारे हेरिरहेको बेलामा उनले विभिन्न निर्णयहरुमा कमजोरी गरेको भेटिएको छ ।

‘विशेषगरि पारदर्शिताको क्षेत्रमा, कसरी बिन्नीले अवस्थाहरुलाई सम्हाल्छन्, यसै कारणले हामीले उनको राजीनामा दिने निर्णयलाई स्विकार गरेका छौं,’ कम्पनीले भन्यो ।

बिन्नीको स्थानमा फ्लिपकार्ट ई कमर्शको अपरेशन लाई नेतृत्व दिईरहेका कल्याण कृणमुर्तिले अब उनको स्थानमा आएर सिईओको रुपमा कार्य गर्नेछन् ।

अमेरिकी कम्पनी वालमार्टले यहि वर्ष १६ विलियन अमेरिकी डलरमा भारतीय ईकमर्श कम्पनीको करिब ७७ प्रतिशत शेयर लिएर रकम भुक्तानी गरेको थियो । फ्लिपकार्ट भारतमा अर्को ईकमर्श साइट अमेजनको प्रमुख प्रतिस्पर्धी कम्पनी हो ।

प्रकाशित: २७ कार्तिक २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार