अटो कम्पनी फोर्डले इलेक्ट्रिक स्कूटर स्टार्टअप ‘स्पीन’ लाई किन्दै, १०० मिलियन डलर खर्च गर्ने

Technology Khabar २२ कार्तिक २०७५, बिहीबार

काठमाडौं ।

काठमाडौँ । अमेरिकन अटो कम्पनी फोर्डले इलेक्ट्रिक स्कूटर स्टार्टअप स्पीन किन्ने भएको छ । हालै आएको एक रिपोर्टअनुसार फोर्डले करिब १०० मिलियन अमेरिकी डलरमा सो स्टार्टअपलाई किन्न लागेको बताईएको छ ।

स्पीन हाल अमेरिकाका वासिंगटन डिसी, डेनभर, डेट्रोयट, क्यालिफोर्नियालगायतका स्थानहरुमा सेवा संचालन गरिरहेको छ ।

स्पीन पहिलो तीन कम्पनीहरुमध्येको एक हो जसले शुरुवाती चरणमा सान फ्रान्सिस्कोमा आफ्ना स्कूटरहरु संचालन गरेको थियो । बर्ड तथा लाइमका साथसाथै स्पीनलाई पनि आफ्ना इलेक्ट्रिक स्कूटरहरु अनुमतिका कारण सो शहरबाट हटाउनु परेको थियो ।

स्पीन आगामी साता सान फ्रान्सिस्कोमा सेवा पुन संचालन गर्न र अनुमति दिनका लागि अधिकारीहरुसँग छलफल गर्दैछ ।

गएको जूनमा स्पीनले इलेक्ट्रिक स्कूटर उत्पादक कम्पनी नाइनबोटसँग यो वर्षको अन्त्यसम्म मासिक ३० हजार इलेक्ट्रिक स्कूटर किन्ने सम्झौता गरेको थियो ।

माध्यम

प्रकाशित: २२ कार्तिक २०७५, बिहीबार

तपाइको प्रतिक्रिया