शाओमी एमआई टिभी फोर ६५ इन्चमा सार्वजनिक, फोरके एचडिआर भिडियो सपोर्ट

  • Technology Khabar | २१ कार्तिक २०७५, बुधबार
शाओमी एमआई टिभी फोर ६५ इन्चमा सार्वजनिक, फोरके एचडिआर भिडियो सपोर्ट

काठमाडौं ।

काठमाडौँ । चिनियाँ टेक कम्पनी शाओमीले एमआई टिभी ४ (Mi TV 4) सार्वजनिक गरेको छ । कम्पनीले ६५ इन्चको फोरके एडिआर एलईडी मोडल चीनमा सार्वजनिक गरेको छ ।

कम्पनीको नयाँ टिभी एन्ड्रोयडमा आधारित प्याचवाल यूआई तथा अल्ट्रा थिन बडी ७.५ एमएम पातलो रहेको छ ।

एमआई टिभीमा डल्बी प्लस डिटिएस अडियो इन्टिग्रेशन तथा फोरके एचडीआर भिडियो सपोर्ट रहेको छ ।

शाओमी एमआई टिभी फोरमा २ जीबी र्याम र १६ जीबीको स्टोरेज राखिएको छ । त्यसैगरि यो टिभीमा आर्टिफिशियल इन्टेलिजेन्स ब्याक भ्वाइस कन्ट्रोल सिस्टम छ । नया एमआई टिभी फोर ६५ इन्चको फुलस्क्रीन प्यानलमा फोरके एचडीआर प्लेब्याक सपोर्ट रहेको छ । यसका साथै टिभीमा मिनमिल बेजल तथा मेटल बडी राखिएको छ ।

यो टिभी क्वाड कोर कर्टेक्स ए५३ चीपसेटका साथै आउँछ ।

नयाँ टिभी हाल चीनमा मात्र उपलब्ध हुनेछ जसको मूल्य ५,९९९ चिनियाँ यूआन रहेको छ ।

प्रकाशित: २१ कार्तिक २०७५, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार