काठमाडौं ।
काठमाडौं । ओपोले नेपाली बजारमा ए सिरिजका स्मार्टफोन्स अन्तर्गत आफ्नो नयाँ उत्पादन एसेभेन( Oppo A7)को लागि प्रि-अर्डर लिन थालेको छ ।
प्रि-अर्डरको अवधि नोवेम्बर ६ देखि १४ सम्म रहने कम्पनीले जानकारी दिएको छ ।
फोनको फस्र्ट सेल्स ईभेन्ट भने नोवेम्बर १५का दिन कम्पनीको पाको न्यूरोड स्थित आधिकारिक शोरुमबाट हुनेछ ।
कम्पनीका अनुसार समस्त नेपालीहरुको महान चाड तिहारका अवसरमा शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन सहितको ओपो एसेभेन विशेष मितब्ययी मूल्यमा सार्वजनिक गर्न लागिएको हो ।
प्रि-अर्डर अवधिभर ईच्छुक उपभोक्ताले कम्पनीको पाको न्यूरोड स्थित आधिकारिक शोरुम मा गई २ हजार रुपैयाँ अग्रिम भुक्तानी गरी फोन बुक गर्न सक्नेछन् । यसरी प्रि-बुकिङ गर्ने उपभोक्ताले फास्र्ट सेल्स ईभेन्टका दौरान नेपाली नायिका स्वस्तिमा खड्कालाई प्रत्यक्ष भेट्ने तथा उनीद्वारा अटोग्राफ्ट गरिएको फोन प्राप्त गर्ने अवसर पाउने कम्पनीले जानकारी दिएको छ ।
यसैबिच नायिका स्वस्तिमा खड्का भरखरै आधिकारिक रुपमा नेपालका लागि ओपो फ्रेण्डका रुपमा अनुबन्धित भएकी छिन् । यससंगै आउँदा दिनहरुमा नायिका स्वस्तिमाले ओपोका उत्पादनको प्रबद्र्धन गर्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: २० कार्तिक २०७५, मंगलवार