
काठमाडौं ।
काठमाडौं । नेपाली शेयर बजारमा मंगलबारदेखि अनलाईन प्रणालीको सुरुवात भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मंगलबारदेखि एक कार्यक्रमका बिच पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली शुरु भएको घोषणा गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबारको उद्घाटन गर्दै शेयर लगानीकर्ताहरुले शेयर बजारमा कम्पनीको अवस्था हेरेर मात्र लगानी गर्नुपर्ने बताए । उनले पछिल्लो पटक देखिएको तरलताको समस्या समेत समाधान हुने र शेयर बजार बढ्ने अपेक्षा गरे ।
मंगलबारदेखि आम लगानीकर्ताले इन्टरनेटको पहुँच भएको कुनै पनि स्थानमा रहेर आफैंले कारोबार गर्न सक्ने नेप्सेले जनाएको छ।
अनलाइन कारोबार सुरु भएसँगै सेयर बजार बढ्ने लगानीकर्ताहरुको अनुमान छ ।
यसअघि परम्परागतरुपमा शेयर दलालको कार्यालयमा उपस्थित भएर मात्र शेयर कारोबार गर्न सकिने अवस्था थियो । अनलाइन कारोबार शुरु भएसँगै ब्रोकर अफिस धाइ रहनुपर्ने बाध्यता हटेको तथा स्वदेश तथा विदेशमा छरिएर रहेका सबै नेपालीले सहज तरिकाले सेयर कारोबार गर्न सक्ने नेप्सेले जनाएको छ ।
यसरी हुन्छ अनलाइन प्रणालीबाट कारोबार
लगानीकर्ताले इन्टरनेटको माधयमबाट कारोबार गर्न सबैभन्दा पहिले ब्रोकर कार्यालयमा उपलब्ध रहेको नो योर कस्टमर फर्म भर्नुपर्छ । फर्ममा अनलाइन खाता रोजेकोले मात्र स्वयं कारोबार गर्न सक्छन भने अफलाइन खाता भएका लगानीकर्ताहरुले ब्रोकरको माध्यमबाट मात्र कारोबार गर्न सक्छन ।
ब्रोकरले केवाईसी फर्म रुजु गरी कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा लगानीकर्ताको खाता खोली यूजर नेम तथा पासवर्ड लगानीकर्ताले उपलब्ध गराएको भ्यालिड इमेल एड्रेसमा पठाउँछ । प्राप्त यूजर नेम अनुसार पासवर्ड रिसेट गरी ब्रोकरले उपलब्ध गराएको कारोबार लिमिट र यूआरएल प्रयोग गरेर लगानीकर्ताले कारोबार गर्न सक्छन् ।
कारोबारका लागि ट्रेडिङ यूआरएलमा गई आफ्नो यूजरनेम र पासवर्ड प्रयोग गरी टिएमएस ‘समिट’ गरी सिस्टम लगइन गर्न सकिन्छ। लगइननका क्रममा ओटिपी (वन टाइम पासवर्ड) लगानीकर्ताले इमेलमा प्राप्त गर्न सक्नेछन्। सो ‘ओटिपी’ स्किनमा राखी लगइन गर्नुपर्नेछ।
लगानीकर्ताले अर्डर पोष्ट गर्नका लागि बायाँ साइडमा रहेको अर्डर म्यानेजमेन्टमा गई नर्मल अर्डरमा क्लिक गर्नुपर्दछ। त्यसपछि अर्डर इन्ट्रीको स्किन खुल्नेछ। सेयर खरिद गर्नेले ‘बाइ’ र बेच्नेले ‘सेल’ छान्नुपर्छ।
सेयरको प्रकारमा ‘इक्वीटी’ छान्नुपर्छ। अब कम्पनी छनौट गरेर सो कम्पनीको प्रविष्टित आदेशहरु हेर्न सकिन्छ। त्यही आदेश पेजमा सेयर संख्या र चाहेको मूल्य राख्नुपर्छ र ‘प्लेस अर्डर’ क्लिक गर्नुपर्दछ। सो क्लिकपछि यदी ‘एमआई नट लग’ भन्ने सन्देश आएमा ब्रोकरलाई नै सम्पर्क गरेर आफ्नो डिएनए लगिन गर्न भन्नु पर्ने हुन्छ।
अन्यथा अर्डर प्लेस भएको सन्देश स्क्रीनमा आउनेछ। अर्डर दिइसकेपछि आफैले त्यही स्कृनमा हेर्न सकिनेछ। अर्डर म्याच भएमा कारोबार सम्पन्न हुनेछ भन्ने अन्यथा त्यो दिनको अन्त्यमा रद्द हुनेछ।
बीचमा अर्डर परिवर्तन वा रद्द गर्न अर्डर म्यानेजमेन्टमा गई अर्डर बुकमा गएर ओपन अर्डरमा क्लिक गर्नुपर्दछ। आफ्नो अर्डरको ‘मोडिफाइ’ संकेतमा क्लिक गरी किनबेच गर्न चाहेको संख्या वा मूल्य परिवर्तन गरी प्लेस अर्डरमा क्लिक गर्ने वा रद्द गर्न चाहेको खण्डमा क्यान्सिल संकेतमा क्लिक गरी रद्द गर्न सकिन्छ ।
लगानीकर्ताहरुले ध्यान दिनुपर्ने कुराहरु
प्रकाशित: २० कार्तिक २०७५, मंगलवार