
काठमाडौं ।
काठमाडौँ । विश्वको सबैभन्दा ठूलो सामाजिक संजाल फेसबुकबाट ह्याकरहरुले यूजर्सको डाटा चोरी गरेका छन् । फेसबुकबाट ह्याकरहरुले निजी मेसेजहरु चोरि गरेर त्यसलाई बिक्री गरेको भेटिएको छ ।
ह्याकरहरुले फेसबुकको करीब १२ करोड यूजर्सको खाता ह्याक गरेका छन र त्यसबाट ८१ हजार खाताहरुको निजी संदेशहरु सार्वजनिक गरेका छन् । डाटा चोरी गर्ने ह्याकरहरुले १२ करोड प्रयोगकर्ताहरुको एकाउन्टको जानकारी रहेको दाबी गर्दै त्यसलाई बिक्री गरिने जानकारी दिएका छन् ।
तर फेसबुकले भने आफ्नो सेक्यूरिटीमा कुनै सम्झौता नगरिएको बताएको छ । र संभवत डाटाहरु भाइसरजन्य ब्राउजरको एक्सटेन्सनहरुमार्फत संकलन गरिएको अनुमान गरिएको छ ।
फेसबुकले प्रभावित भएका एकाउन्टहरुलाई सुरक्षित बनाउन थप कदम चालिएको बताएको छ ।
बिबिसीकाअनुसार अधिकतर प्रयोगकर्ताहरु जसको एकाउन्ट ह्याक गरिएको थियो उनीहरु यूक्रेन र रसियामा आधारित छन भने केहि अमेरिका, बेलायत र ब्राजिलसँग सम्बन्धित छन् ।
ह्याकरहरुले चोरी गरेका व्यक्तिगत डाटा तथा जानकारीहरु प्रति एकाउन्ट १० सेन्टमा बिक्री गरिरहेका छन् ।
रिपोर्टअनुसार ह्याकर्सले विज्ञापन दिएर नै हरेक खाताको जानकारी १० सेन्टमा बेच्ने घोषणा गरेका थिए तर हाल सो विज्ञापन अफलाइन भएको बताईएको छ ।
फेसबुकका कार्यकारी गे रोजले भने, ‘हामीले ब्राउजर निर्माताहरुसँग सम्पर्क गरेर भाइरसजन्य एक्सटेन्सनहरुलाई पत्ता लगाउन भनेका थियौं र त्यो अब स्टोरहरुबाट हटाईएको छ ।’
प्रकाशित: १८ कार्तिक २०७५, आईतवार