त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा निशुल्क वाईफाई, ओपन लगईनबाट एक घण्टासम्म चलाउन पाईने

Technology Khabar १३ कार्तिक २०७५, मंगलवार

काठमाडौं ।

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा निशुल्क वाईफाई सेवा संचालनमा आएको छ ।

विमानस्थलले यात्रुसेवाको लागि फ्रि वाईफाई संचालन गरेको छ । अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुले टर्मिनलसम्मै निशुल्क सेवा प्रयोग गर्न सक्नेछन् ।

वल्र्डलिंकसँगको सहकार्यमा निःशुल्क वाइफाई सेवा आरम्भ गरिएको छ । विमानस्थलले आन्तरिक तर्फ टर्मिनलमा भने यस अघि नै निःशुल्क वाईफाई सेवा उपलब्ध गराउँदै आएको छ ।

यात्रुहरुले एक घण्टासम्म निःशुल्क वाइफाई उपयोग गर्न सक्ने जानकारी दिए । यात्रुहरुले ओपन लगईन गरेर वाईफाई सेवा उपयोग गर्न सक्नेछन् । अन्तराष्ट्रिय विमानस्थलमा यात्रुहरुको बसाईलाई सहज बनाउन निःशुल्क वाईफाई सेवा सुरु गरिएको विमानस्थलले जानकारी दिएको छ ।

अन्तराष्ट्रिय उडानका यात्रुहरुलाई यस बाट सुचना आदान प्रदानमा तथा विमानस्थल बसाइ सहज हुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अपेक्षा छ ।

प्रकाशित: १३ कार्तिक २०७५, मंगलवार

तपाइको प्रतिक्रिया