Technology Khabar ११ कार्तिक २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । महिला हिंसा न्यूनीकरण गर्न प्रदेश नम्बर २ को सरकारले एण्ड्रोयड एप सार्वजनिक गरेको छ । महिलाको सुरक्षालार्इ ध्यानमा राखेर ‘हेलो सिएम'(Hello CM) नामको एप्स आइतबार एक कार्यक्रम बिच सार्वजनिक गरिएको छ ।
जनकपुरधाममा आयोजित समुदाय-प्रहरी साझेदारी कार्यक्रमको अवसरमा प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतले सो एप लन्च गरे। सो अवसरमा प्रदेश नं २ मा बढ्दो महिला हिंसा न्यूनीकरण गर्न एप सार्वजनिक गरिएको मुख्यमन्त्री लाल बाबु राउतले बताए ।
महिलाहरु असुरक्षित महसुस गरेको बेला यो एपको सहयोग लिन सकिने एप निर्माणकर्ता इन्जिनियर आदित्य राजले बताए ।
सो एप्समा तीन वटा महत्वपूर्ण फिचर रहेको छ । जसमध्ये आपतकालीन नम्बर, आपतकालीन सहायता र मोबाइललाई तीन पटक हल्लाउँदा नजिकको प्रहरीको कन्ट्रोल रूममा फोन लाग्ने जस्ता फिचर रहेको छ ।
आइतबार सार्वजनिक भएको सो एप औपचारिक रूपमा भने तिहारपछि संचालनमा आउने बर्ताइएको छ ।
प्रकाशित: ११ कार्तिक २०७५, आईतवार