ईकमर्श साइट दराज डटकमले ‘सेल डे’ मनाउँदै, नोभेम्बर ११ तारिखमा सबैभन्दा ठूलो सेल गरिने

Technology Khabar ११ कार्तिक २०७५, आईतवार

काठमाडौं ।

काठमाडौँ । ईकमर्श साइट दराज डटकमले सेल डे आयोजना गर्ने भएको छ । कम्पनीले यहि नोभेम्बर ११ तारिखमा विश्वभर मनाईँदै आएको ‘वल्र्डस विगेस्ट सेल डे’ नेपालमा पनि आयोजना गर्न लागेको हो ।

दराजले आईतवार पत्रकार सम्मेलन गर्दै सो दिन दराज डटकममार्फत अत्यधिक छुटमार्फत सामाग्रीहरु तथा सेवाहरु बिक्री गरिने जानकारी दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक राजिव अमात्यले यसअघि आयोजना गर्दै आएको ब्ल्याक फ्राईडेको विकल्पको रुपमा सेल डे आयोजना गरिने जानकारी दिए ।

यसअघि हामीले ब्ल्याक फ्राईडे मनाउँदै आएका थियौं, तर यो वर्षदेखि हामी नोभेम्बर ११ तारिखमा सेल डे आयोजना गरेर मनाउने छौं,’ प्रबन्ध निर्देशक अमात्यले भने ।

उनले कम्पनीले नयाँ अवधारणाअन्तरगत बिक्रेताहरुलाई थप जिम्मेबार बनाएको भन्दै ग्राहकहरुको सुविधाको लागि दराज हबहरु स्थापना गरिएको बताए । चिनियाँ कम्पनी अलिबाबाले दराजको मूख्य कम्पनीलाई खरिद गरेपछि यसअघिको रणनीति परिवर्तन गर्दै ११ः११ सेल डे मनाउन लागिएको उनको भनाई थियो ।

नोभेम्बर ११ तारिख अर्थात कात्तिक २५ गते आयोजना हुने सो सेल डेमा कम्पनीले १ लाख भन्दा बढि माग आउने अपेक्षा गरेको छ भने माग गरिएका सामाग्रीहरुको ढुवानीको लागि पनि विभिन्न सिपिंग कम्पनीहरुलाई तयारी अवस्थामा राखिएको जनाएको छ ।

सो दिन ग्राहकहरुले ठूलो छुट अफर, फ्ल्यास सेल्स, ब्राण्ड भौचरहरु, मिस्ट्री बक्स, र अन्य उपहारहरु प्राप्त गर्ने कम्पनीले उल्लेख गरेको छ ।

https://www.youtube.com/watch?v=uBiA5RATzrQ&feature=youtu.be

प्रकाशित: ११ कार्तिक २०७५, आईतवार

तपाइको प्रतिक्रिया