विदेशी अपरिचित नम्बरबाट फोन आयो ? नउठाउनुस् र ‘कल ब्याक’ नगर्नुस्, नत्र काटिन्छ ब्यालेन्स रकम

Technology Khabar ९ कार्तिक २०७५, शुक्रबार

काठमाडौं ।

काठमाडौँ । नेपाल दूरसंचार प्राधिकरणले विदेशबाट आउने अपरिचित र अनधिकृत नम्बरमा कल नगर्न अनुरोध गरेको छ । दूरसंचार प्राधिकरणले एक सूचना जारी गर्दै विदेशबाट मोबाइल फोनमा एक घण्टि आउने र फोन कट्ने गरेको त्यस्तो अपरिचित फोन नम्बरमा कल ब्याक नगर्न सेवाग्राहीहरुलाई आग्रह गरेको छ ।

त्यस्तो फोन कलहरुले उपभोक्ताहरुलाई ठगि गरिरहेको र त्यस्तो फोननम्बर कल गर्दा मोबाइल सेवाग्राहीहरुको रकम काटिने प्राधिकरणले जानकारी दिएको छ । कम्पनीले विदेशबाट आउने त्यस्तो अपरिचित नम्बरको फोनमा कल ब्याक नगर्न र त्यस्तो फोन नउठाउन समेत सूझाव दिएको छ ।

दूरसंचार प्राधिकरणका अनुमतिपत्र तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक अर्जुन घिमिरेले हाल विदेशबाट अपरिचित नम्बरबाट नेपाली मोबाइलमा पटक पटक फोन कल आउने गरेको र रकम काटिने गरेको हुँदा त्यस्तो सूचना जारी गरिएको जानकारी दिए ।

‘उपभोक्ताहरुले हामिलाई विभिन्न माध्यमबाट यस्तो अपरिचित नम्बरबारे गूनासो गरेका छन्, यस्तो स्क्यामबाट बच्नका लागि हामीले सार्वजनिक सूचना नै जारी गरेका हौं,’ उनले टेक्नोलोजीखबरसँग भने ।

यस्तो फोन नम्बरहरुमा उपभोक्ताहरुले कल ब्याक गर्दा रकम काटिएको गूनासो आएको हुँदा उपभोक्ताहरुलाई सर्तकता अपनाउन आग्रह गरिएको उनले बताए । निर्देशक घिमिरेले टेलिकम अपरेटरहरुलाई पनि त्यस्तो स्क्यामका फोन नम्बरहरु ब्लक गर्न निर्देशन दिईएको भन्दै व्यक्तिगतरुपमा पनि ब्लक गर्न सकिने स्पष्ट पारे ।

विशेषगरि पोल्याण्ड, मलेशिया, अमेरिका, जर्मनी, दक्षिण सुडान, साउदी अरबलगायतका विभिन्न ६३ देशहरुबाट आउने त्यस्ता फोनकलहरु बारे विशेष ध्यान दिन भन्दै ती देशहरुको सूची नै जारी गरेको छ ।

प्राधिरकणले त्यस्तो अपरिचित नम्बरबाट आउने कललाई ‘वान रिंग स्क्याम’ नाम दिँदै त्यस्तो फोनहरु पटक पटक आएमा आफैंले त्यस्तो फोन नम्बरहरुलाई ब्लक गर्न समेत सेवाग्राहीहरुलाई आग्रह गरेको छ ।

यदि अचानक तपाईँले त्यस्तो फोन नम्बरबाट आएका कलहरु उठाईहालेमा सर्तकतासहित कुनैपनि व्यक्तिगत र संवेदनशिल जानकारीहरु नदिनका लागि समेत अनुरोध गरेको छ ।

प्राधिकरणले मोबाइल प्रयोगकर्ताहरु वा नेपालीहरुलाई कुनैपनि उपहार रकम परेकोमा दाबी गर्न भन्दै आउने त्यस्तो अन्तराष्ट्रिय नम्बरका कल वा ईमेलहरुको जवाफ नदिनका लागि समेत सूचित गरेको छ ।

कुनैपनि किसिमका अपरिचित वा थाहा नभएका फोन नम्बर, ईमेल, फ्याक्स, पत्र, सामाजिक संजालबाट आउने निम्तोहरुलाई अस्विकार गर्न र त्यस्तो विषयमा सहभागी नहुन समेत जानकारी गराएको छ । यस्ता विषयहरु स्क्याम भएको भन्दै सेवाग्राहीहरुलाई सचेत हुन समेत सूचना जारी गरेको छ ।

यदि पटक पटक यस्तो फोननम्बरहरुबाट फोन आएमा त्यस्तो नम्बर ब्लक गर्न वा देशको नै कन्ट्रि कोड ब्लक गर्नका लागि आग्रह गर्दै त्यसको लागि कल ब्लकिंग एप्समार्फत पनि गर्न सकिने प्राधिकरणको भनाई छ ।

त्यसैगरी यस्तो घट्ना पटक पटक दोहोरीएमा दूरसंचार प्राधिकरण वा सूरक्षा निकायहरुलाई जानकारी गराउन समेत प्राधिकरणले सूचनामार्फत आग्रह गरेको छ ।

यी देशबाट आएका फोन कल नउठाउनुस र कल ब्याक पनि नगर्नुस्

+221Senegal+222Mauritania+223Mali+224Guinea
+225Côte d’Ivoire+227Niger+228Togo+229Benin
+257Burundi+265Malawi+92Pakistan+7Russia
+234Nigeria+216Tunisia+375Belarus+91India
+20Egypt+235Chad+381Serbia+994Azerbaijan
+676Tonga+56Chile+966Soudi Arabia+27South Africa
+962Jordan+248Seychelles+675Papua New Guinea+381Serbia
+380Ukraine+256Uganda+686Kiribati+269Comoros
+41Switzerland+252Somalia+223Mali+679Fiji
+255Tanzania+212Morocco+52Mexico+62Indonesia
+387Bosniaherzogonovia+44UK+220Gambia+254Kenya
+20Egypt+370Lithuania+487Kazakhstan+371Latvia
+269Comoros+855Cambodia+49German+249Sudan
+316Netherlands+68Samoa+509Haiti+44UK
+994Azerbaijan+98Iran+96Maldives+40Romania
+232Sierra Leone+370Vilinius+563Valparaiso

प्राधिकरणले जारी गरेको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित: ९ कार्तिक २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया