
काठमाडौं ।
काठमाडौं । शाओमीले नयाँ फ्ल्यागशिप स्मार्टफोन एमआई मिक्स ३ (Mi MIX 3) सार्वजनिक गरेको छ । कम्पनीले चीनमा लन्च गरेको बेजेल लेस स्मार्टफोनमा म्याग्नेटिक फ्रन्ट क्यामरा राखिएको छ । यो स्मार्टफोन गत वर्ष सार्वजनिक भएको एमआई मिक्स २एसको अपग्रेडेड भेरिएन्ट हो ।
कम्पनीको सो स्मार्टफोनमा ६.४ इन्चको फूल एचडी प्लस ओएलईडि डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १०८०ह २३४० पिक्सेल रहेको छ ।
नयाँ स्मार्टफोनमा तीन अप्सनको र्याम र स्टोरेज रहेको छ । यसमा ६ जीबी र्याम र ६४ जीबी स्टोरेज, ८ जीबी र्याम र १२८ जीबी स्टोरेज तथा १० जीबी र्याम र २५६ जीबी स्टोरेज भेरिएन्ट रहेकोछ ।
फोनमा फोटोग्राफीका लागि फ्रन्ट र रियर दुबैमा ड्यूल क्यामरा सेटअप रहेको छ । यसको रियर क्यामरामा १२ प्लस १२ मेगापिक्सेलको दुईवटा क्यामरा राखिएको छ । जसमा ड्यूल एलईडी फ्ल्याश, ओआईएस, अप्टिकल जूम, एआई ब्याकग्राउण्ड जूम, एआई ब्याकग्राउण्ड म्यूजिक, स्लो मोशन, एआई सीन डिटेक्शन, एआई बोके र एआई स्टूडियो लगायतका फीचर छन् ।
सेल्फीका लागि फ्रन्टमा २४ प्लस २ मेगापिक्सेलको ड्यूल क्यामरा सेटिंग छ, जसमा एआईको फीचर्स रहेको छ ।
शाओमी एमआई मिक्स ३ स्मार्टफोनको रियरमा फिंगरप्रिन्ट सेन्सर राखिएको छ ।
कनेक्टिभिटीका लागि फोरजी भीओएलटिई, वाईफाई, ब्लूटूथ ५.० भर्सन, जीपीएस, एनएफसी, यूएसबी टाइप सी लगायत रहेका छन् ।
एन्ड्रोयडको पाई ९ भर्सनमा आधारित एमआईयूआई १०मा कामगर्ने यो स्मार्टफोनमा पावरका लागि ४,००० एमएएचको ब्याट्री प्याक राखिएको छ ।
शाओमी एमआई मिक्स ३ को मूल्य चीनमा ६ जीबी र्यामको ३,२९९ यूआन, ८ जीबी र्यामको ३,५९९ यूआन तथा ३,९९९ यूआन र १० जीबी र्यामको मूल्य ४,९९९ यूआन तोकिएको छ । कम्पनीले १०जीबी र्याम अप्सनको फोनलाई फोरबिडेन सिटी एडिसनको रुपमा प्रस्तुत गरेको छ ।
यो स्मार्टफोन नोभेम्बर १ तारिखदेखि बिक्रीका लागि उपलब्ध हुनेछ ।
प्रकाशित: ९ कार्तिक २०७५, शुक्रबार