नेपालको पाईला पछ्याउँदै भारत, अश्लीलता रोक्न भारत सरकारद्धारा ८२७ पोर्न साइट बन्द

Technology Khabar ८ कार्तिक २०७५, बिहीबार

काठमाडौं ।

काठमाडौँ । भारत सरकारले अश्लील सामाग्री देखाउने पोर्न साइटहरु बन्द गर्न निर्देशन दिएको छ । भारतको केन्द्र सरकारले ८२७ वटा पोर्न साइटहरु बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको हो ।

भारतीय सरकारको सो निर्णय उत्तराखण्ड हाईकोर्टको फैसलापछि आएको हो । हालै सो उच्च अदालतले भारतमा अश्लीलता फैलाईरहेको ८५७ वेबसाइटहरु बन्द गर्न आदेश दिएको थियो तर भारतको इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्रालयले केबल ८२७ पोर्न साइट मात्र बन्द गरेको हो ।

मन्त्रालयले ती वेबसाइटहरुका सूची दूरसंचार विभागलाईलाई पठाएर ती पोर्न साइटहरु बन्द गर्न भनेको हो ।

हाईकोर्टले २०१८ सेप्टेम्बर २७ तारिखमा ती वेबसाइटहरु बन्द गर्ने आदेश दिएको थियो ।

नेपालमा पनि सरकारले यौनजन्य तथा अश्लील सामाग्री भएका सम्पूर्ण साइटहरु बन्द गरेको थियो । हालसम्म नेपाल सरकारले २५ हजार भन्दा बढि पोर्न साइटहरु बन्द गरेको जानकारी नेपाल दूरसंचार प्राधिकरणले यसअघि दिएको थियो ।

प्रकाशित: ८ कार्तिक २०७५, बिहीबार

तपाइको प्रतिक्रिया