फेसबुकले नयाँ प्रविधिद्धारा बाल शोषणसँग सम्बन्धित ८७ लाख कन्टेन्टहरु हटायो

  • Technology Khabar | ८ कार्तिक २०७५, बिहीबार
फेसबुकले नयाँ प्रविधिद्धारा बाल शोषणसँग सम्बन्धित ८७ लाख कन्टेन्टहरु हटायो

काठमाडौं ।

काठमाडौँ । फेसबुकले बाल शोषणसँग सम्बन्धित ८७ लाख कन्टेन्टहरु हटाएको जानकारी दिएको छ । सो संख्या फेसबुकले गएको चौमासिकमा नयाँ प्रविधिको प्रयोगद्धारा हटाईएको घोषणा गरेको हो ।

फेसबुकले प्रयोग गरिरहेको नयाँ आर्टिफिसियल इन्टेलिजेन्स र मशिन लर्निङ्ग टेक जून कम्पनीले बितेको वर्षमा विकास र लागू गरेको थियो, सोहि प्रविधिले ९९ प्रतिशत त्यस्ता पोष्टहरु बिना कुनै रिपोर्ट हटाएको हो ।

नयाँ प्रविधिले बालबालिकाको नग्नता र अन्य किसिमका शोषणयुक्त कन्टेन्टहरु भएको पोष्टहरु अपलोड गरेपछि परिक्षण गर्दछ र आवश्यकता भएमा ती फोटोहरु तथा एकाउन्टहरुको बारेमा नेशनल सेन्टर फर मिसिंग एण्ड एक्स्प्लोईटेड चाइल्डमा रिपोर्ट गर्दछ ।

फेसबुकले यसअघि नै फोटो म्याचिंग प्रविधिको प्रयोग गरिरहेको छ, जसले बाल शोषण र रिभेन्ज पोर्नसँग सम्बन्धि फोटोहरुलाई तुलना गर्दछ ।

फेसबुकका सेफ्टीको ग्लोबल हेड एन्टिगोने डाभोसले प्रविधि पूर्ण नहुने भन्दै कयौं अविभावकहरुले उनीहरुको बालबालिकाहरुको अन्य फोटोहरु पनि हटाईएको गूनासो आएको जानकारी दिईन् । उनले आगामी दिनमा यौनजन्य बाहेकका कन्टेन्टहरु र फोटोहरुको बारेमा अझै कामगर्ने बताईन् ।

प्रकाशित: ८ कार्तिक २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार