हुन्डाईको नयाँ सेन्ट्रो गाडि भारतमा सार्वजनिक

  • Technology Khabar | ७ कार्तिक २०७५, बुधबार
हुन्डाईको नयाँ सेन्ट्रो गाडि भारतमा सार्वजनिक

काठमाडौं ।

काठमाडौं । हुन्डाईले आफ्नो आइकोनिक हुन्डाई सेन्ट्रोको नयाँ जेनेरेशन भारतमा सार्वजनिक गरेको छ । भारतमा हुन्डाई ब्रान्डले २० वर्ष पुरा गरेको अवसरमा सो कारलाई पुनः बजारमा लन्च गरेको हो । सन् १९९८ मा पहिलोपटक भारतीय बजारमा सेन्ट्रो मार्फत हुन्डाईले आफ्नो उत्पादन सुरु गरेको थियो ।

ह्याचब्याक मोडलमा नै ल्याइएको नयाँ सेन्ट्रोमा स्वेप्टव्याक हेडल्याम्प राखिएको छ । नयाँ कारको लम्बाई ३६१० मिलिमिटर रहेको छ, जुन पुरानो सेन्ट्रोको भन्दा ४५ मिलिमिटर धेरै लामो हो ।

कम्पनीले नयाँ सेन्ट्रो कारको अक्टोबर १० बाट बुकिङ सुरु गरेको थियो भने मंगलबारदेखि आधिकारीक रुपमा दिल्लीमा सार्वजनिक गरिएको छ ।

हुन्डाईको नयाँ सेन्ट्रोमा १.१ लिटर ४ सिलिन्डर पेट्रोल इन्जिन छ । यसमा लगाइएको पेट्रोल इन्जिनले ६८ बीएचपी पावर र ९९ एनएम टर्क उत्पादन गर्छ । कारमा ५ स्पिड म्यानुअल र एएमटी गियरबक्स जडान गरिएको छ ।

यस कारले १ लिटर पेट्रोल इन्जिनमा २०.३ किलोमिटर दुरी पार गर्ने क्षमता राख्छ भने कारको टप स्पीड १५६ किमी प्रतिघन्टा रहेको कम्पनीको दाबी छ।

सुरक्षाका लागि यसमा एबीएस, ड्यूल फ्रन्ट एयर ब्याग, इम्प्याक्ट सेन्सिंग अटो डोर लक, रियर पार्किंग सेन्सर लगायतका फीचर राखिएका छन् ।

भारतीय बजारमा नयाँ सेन्ट्रोको मूल्य ३लाख ८९हजार ९ सयदेखि शुरु हुन्छ । यो कार सात वटा कलर अप्सनमा उपलब्ध हुनेछ ।

प्रकाशित: ७ कार्तिक २०७५, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...