
काठमाडौं ।
काठमाडौं । नेपाल बङ्गलादेश बैंक र खल्ती डिजिटल वालेट बिच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल बङ्गलादेश बैंकका तर्फबाट बैंकका डेपुटी सिइओ सुरेन्द्र भूषण श्रेष्ठ र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले बुधबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात नेपाल बङ्गलादेश बैंकका ग्राहकहरुले सो बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
‘यो सहकार्य पश्चात हाम्रा ग्राहकहरुले खल्ती प्रयोग गरेर सहजता पूर्वक दैनिक भुक्तानी सेवा प्राप्त गर्न सक्नुहुनेछ । खल्ती वालेटसँग यसरी सहकार्य गरी हाम्रा ग्राहकहरु माझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा हामी अत्यन्तै उत्साहित भएका छौँ,’ नेपाल बङ्गलादेश बैंकका डेपुटी सिइओ सुरेन्द्र भूषण श्रेष्ठले भने ।
हाल खल्तीको प्रयोगकर्ताहरुको संख्या ५,००,००० भन्दा बढि रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ७ कार्तिक २०७५, बुधबार