एक पटक मिसकल गर्नुस्,आफ्नो खाताको बारेमा जानकारी लिनुस्

Technology Khabar २६ आश्विन २०७५, शुक्रबार

काठमाडौं ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले मिसकल बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले मिसकल बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

सेवाअन्त्रर्गत बैंकले उपलब्ध गराएका बिभिन्न मोवाईल नम्बरहरुमा मिसकल गरेर आफ्नो खाताको बारेमा जानकारी लिन सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकको मोबाइल बैंकिङ सेवा ग्लोबल स्मार्टमा आवद्ध बैंकका ग्राहकहरुले उपभोग गर्न मिल्नेछ । सो सेवा अन्तरगत बैंकका ग्राहकहरुले आफ्नो खातामा रहेको मौज्दात रकमको बारेमा जानकारी लिन ९८०१२३१२९४ नम्बरमा, खाताको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९५ नम्बरमा, आफ्नो मोबाइलमा १ सय रुपैयाँ टपअप गर्न ९८०१२३१२९६ नम्बरमा, क्रेडिट कार्डको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९७ नम्बरमा मिसकल गर्न सक्नेछन ।

साथै आफुले बैंकमा बुझाउनुपर्ने कर्जाको किस्ता रकमको बारेमा जानकारी लिन ९८०१२३१२९८ नम्बरमा र बैंकले प्रदान गर्ने बिभिन्न कर्जाहरुको बारेमा जानकारी लिन ९८०१२३१२९९ नम्बरमा मिसकल दिन सक्ने बैंकले जनाएको छ ।

यी नंबरहरुमा ग्राहकले फोन गरेमा घण्टी जानेवित्तिकै फोन आफै काटिनेछ । र ग्राहकले बुझ्न चाहेको जानकारी मोबाईलको म्यासेजबक्समा आउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २६ आश्विन २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया