तपाईँले चलाईरहेको इन्टरनेट नेटवर्क ४८ घण्टाका लागि बन्द हुनसक्ने, यस्तो छ विश्वभर रोकिने कारण

Technology Khabar २६ आश्विन २०७५, शुक्रबार

काठमाडौं ।

काठमाडौँ । तपाईँले चलाईरहेको इन्टरनेट चलाउन समस्या हुने वा नेटवर्क कनेक्सन रोकिने हुनसक्नेछ ।

ग्लोबल इन्टरनेट यूजर्स नेटवर्क कनेक्शन केहि समयको लागि समस्यामा आउने भएको छ । यसको अर्थ विश्वभरको इन्टरनेट केहि समयको लागि डाउन हुनसक्ने छ ।

रसिया टूडेले यो कुराको जानकारी दिएको हो । रुसकाअनुसार इन्टरनेटको मुख्य डोमेन सर्भरहरुमा तथा यससँग जोडिएको नेटवर्क इन्फ्रास्ट्रक्चर केहि समयका लागि डाउन हुनसक्ने भएको हो ।

यो अवधिमा इन्टरनेट कर्पोरेशन अफ असाइण्ड नेम्स एण्ड नम्बर्सले (Internet Corporation of Assigned Names and Numbers (ICANN)) भने मर्मतको कार्य जारी राख्नेछ । त्यसले क्रिप्टोग्राफी की मा परिवर्तनको माध्यमबाट यस्तो गर्नेछ । यसबाट इन्टरनेट एड्रेस बुक र डोमेन नेम सिस्टम (Domain Name System (DNS)) लाई सुरक्षा गर्नका लागि सहयोग हुनेछ ।

आइक्यानकाअनुसार साइबर हमलाहरुको बढ्दो घट्नाहरुको सामाना गर्नका लागि यो आवश्यक छ । सीआरए (कम्यूनिकेशन रेग्यूलेटरी अर्थोरिटी ले आफ्नो बयानमा भनिएको छ कि सुरक्षाका लागि ग्लोबल इन्टरनेट शटडाउन जरुरी छ । नेटवर्क अपरेटर्स र इन्टरनेट सर्भिस प्रोभाइसर्डहरु जो यसका लागि तयार छैनन् ती कम्पनी तथा सेवाहरु प्रभावित हुनसक्ने छ । तर उचित सिस्टम सिक्योरिटी एक्सटेन्सन इनेबल गरेर यो प्रभावलाई न्यून गर्न सकिने बताईएको छ ।

यो अवधिमा इन्टरनेट यूजर्सलाई वेब पेजहरु एक्सेस गर्नका लागि समस्या हुन सक्नेछ । यो समस्या आगामी ४८ घण्टासम्म हुनसक्ने बताईएको छ ।

माध्यम १ माध्यम २

प्रकाशित: २६ आश्विन २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

Yango Ride launches new safety flow within its app in Nepal

२६ आश्विन २०७५, शुक्रबार

ZTE nubia Air and nubia V80 Design coming soon to Nepal

२६ आश्विन २०७५, शुक्रबार

Tech tracking to tackle human-wildlife conflict in Zimbabwe

२६ आश्विन २०७५, शुक्रबार